हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 546  पटक पढिएको

मोरङ कांग्रेसको सभापतिमा पुनः डिगबहादुर लिम्बूले दोहो¥याउने निर्णय गरेका छन् । उनी आउँदो अधिवेशनमा सभापतिको उम्मेदवार हुँदैछन् र, देउवाको विपक्षमा रहेका सबैलाई एक बनाएर उनी खडा हुने तयारीमा लागेका छन् ।

गएको अधिवेशनमा लिम्बू शेरबहादुर देउवा पक्षबाट खडा भएका थिए र, अमृत अर्यालले अन्तिम समयमा आएर सहयोग गरेपछि विजयी पनि भए । लिम्बू कांग्रेस विभाजनको बेलामा प्रजातान्त्रिक कांग्रेस मोरङको सभापति थिए । देउवाको कार्यशैलीप्रति असहमति जनाउँदै लिम्बूले दुई बर्षअघि देउवा समूहको साथ छाडेका हुन ।

आउँदो अधिवेशनमा लिम्बूसँगै सभापतिमा देउवा समूहबाट रमेशजंग रायमाझी र दिलीप गच्छदारमध्ये एक उम्मेदवार हुँदैछन् । पूर्व सचिव यदुकुमार विष्टले पनि उम्मेदवारी घोषणा गरेका छन् र, मोरङ क्षेत्र नं. ६ का सभापति निरञ्जन रिजालले पनि उम्मेदवारी दिने बताएका छन् ।

सूत्रका अनुसार लिम्बू प्रदेश कांग्रेसको सभापति हुन चाहन्थे र, यसबारे उनले गृहकार्य पनि गरेका थिए । प्रदेशमा पूर्व सभापतिहरू धेरै भएको र समूह मिलाउनुपर्ने भएकाले पनि लिम्बू त्यता लागेनन् । मोरङ कांग्रेसका एक पदाधिकारीले न्यू सृष्टि दैनिकलाई भने, ‘लिम्बूले यसपटक दोहो¥याउने कुरा भएको छ, यसबारे देउवाको विपक्षमा रहेका समूहबीच निर्णय पनि भएको छ र, यसको तयारी पनि थालिएको छ ।’
विधानतः दुईपटक सभापति हुने प्रावधान छ ।

सभापतिका लागि मोरङ कांग्रेसमा प्रभाव राख्ने डा. मीनेन्द्र रिजाल, महेश आचार्य, आमोदप्रसाद उपाध्यायहरूको भूमिका के हुने भन्ने प्रष्ट भइसकेको छैन तर, समिकरण हेर्दा उनीहरू लिम्बूको कित्तामा उँभिने सम्भावना बढी छ ।
मोरङ कांग्रेसमा अर्को प्रमुख शक्ति भनेको अमृत अर्याल हुन जो ३ पटक जिल्ला सभापति भइसकेका छन् । अर्याल खुलेरै देउवाको पक्षमा लागेका छन् । सूत्रका अनुसार अर्याललाई विजयकुमार गच्छदार, राप्रपाबाट कांग्रेस प्रवेश गरेको समूहको साथ रहने देखिन्छ । डा. डिला संग्रौला खुलेरै देउवा पक्षमा सक्रिय रहेकाले मोरङमा उनको सहयोग अर्यालको लाइनलाई हुनेछ ।

अर्यालको उत्तरी मोरङ, दक्षिणी मोरङ र पूर्वी मोरङमा पकड मजबुत छ । विराटनगर महानगर क्षेत्रमा समेत अर्याल बलियो देखिन्छन् । अर्यालको लाइनबाट उनका केही समर्थकहरू यदुकुमार विष्ट, मानबहादुर लिम्बूहरू टाढिएका छन् । तर, हसन अन्सारी, शिव ढकाल, राजेश गुप्तालगायतका संगठनमा प्रभाव पार्ने नेताहरूको ठूलो संख्या छ ।
क्षेत्रीय प्रतिनिधिको चयनले पनि को बलियो हुनेछ भन्ने यकिन गर्ने छ । क्षेत्रीय प्रतिनिधिको मतबाट सभापतिको चयन हुन्छ । क्रियाशिल सदस्यको अवस्था हेर्दा अहिले आआफ्नो पक्ष मजबुत भएको दावी गरिदैछ तर, क्षेत्रीय प्रतिनिधि भइसकेपछि पूर्ववत पक्षअनुसार मतदान हुन्छ भनेर यसै भन्न सकिन्न ।

यो न्युज आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!