हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 457  पटक पढिएको

२२ वर्षीया युवतीले आत्महत्या गरेपछि भारतको महाराष्ट्र राज्यका पूर्वमन्त्री समस्यामा परेका छन् । मोडलिङ गर्दै आएकी पूजा चभानले आत्महत्या गरेपछि पूर्वमन्त्री सञ्जय राठोड समस्यामा परेका हुन् ।

चभान टिकटकमा निकै चर्चित थिइन् । उनी राठोडसँग सम्बन्धमा रहेको खुलेको छ ।

राठोडसँगको संवेदनशील तस्बिर र आवाज समेत चभानको मोबाइलमा भेटिएको थियो । उनीहरुबीच आत्महत्याको ४ दिन अगाडि ९० मिनेट फोन कुराकानी भएको खुलेको छ ।

पूजाले पुणेस्थित भवनबाट फाल हालेर ७ फेब्रुअरीमा आत्महत्या गरेकी थिइन् । तीन पटक शिव सेनाबाट सांसद जितेका राठोडले उक्त घटनापछि राजीनामा दिएका थिए ।

सञ्जय र पूजाबीचको कुराकानी र रेकर्ड भएका तस्बिर र भिडियोबारे फोरेन्सिक चेकजाँच चलेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!