मंगलबार, माघ २८, २०७६ || 846  पटक पढिएको

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन र पूजाआजाका लागि पास नचाहिने व्यवस्था गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा शुक्रबारबसेको महाशिवरात्रि मूल समारोह समितिको पहिलो बैठकले पासको व्यवस्था खारेज गरेको हो।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले यस वर्षको शिवरात्रिमा पासको व्यवस्था नभएको जानकारी दिए। ‘कडा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मा दिइएको छ’, उनले भने। उनका अनुसार पशुपतिको भित्री सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। मन्दिर दर्शनका लागि जुन ढोकाबाट प्रवेश गर्छन् भक्तजनलाई त्यही ढोकाबाट फर्किने व्यवस्था गरिएको उनको भनाइ छ।

मन्त्री भट्टराईले शिवरात्रिमा विगतमा हुने सबै कमीकमजोरी सच्याएर गुनासोरहित बनाउन कोषका कर्मचारीलाई निर्देशन दिए। ‘भगवान्का अघि कोही ठूलो कोही सानो हुँदैन, सबैलाई एउटै नियम र मापदण्ड बनाएर दर्शन गर्ने व्यवस्था मिलाउनोस्’, उनले भने, ‘एकै दिन लाखौंले दर्शन र पूजा गर्ने भएकाले सोहीअनुसार सहज व्यवस्थापन कोषले मिलाउने छ।’ राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपति विद्या भण्डारी पशुपति जाने उनले जानकारी दिए। सरसफाई, शौचालय, खानेपानी र सुरक्षाजस्ता सबै विषयमा गहन ढंगले काम गर्न पनि उनले निर्देशन दिए।

शिवरात्रिमा पाशुपत क्षेत्रमा मासु, मदिरा तथा धुम्रपान पूर्णरूपमा निषेधित गरिएको जानकारी दिइयो। सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै पाँच हजार प्रहरी परिचालन गरिने डीआईजी विश्वराज पोख्रेलले बताए। फागुन ९ गतेको महाशिवरात्रि व्यवस्थित गर्न सदस्यसचिव ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायतको संयोजकत्वमा ११ वटा उपसमिति बनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!