हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 429  पटक पढिएको

नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ वर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुरले बताए ।

यो जटिल शल्यक्रिया भएकाले नेपालका विरलै मात्र अस्पतालहरुमा यस्तो शल्यक्रिया हुँने डा.ठाकुर बताउँछन् । उनी भन्छन्, ‘यो जटिल सर्जरी हो, मुटुको आर्च अफ एओर्टा रक्तनलीसम्म पुगेको गलगाँठलाई हामीले सफलतापूर्वक सर्जरी गरेर निकालेका छौं । यस्तो सर्जरी नेपालका केही अस्पतालहरुमा मात्र हुन्छ ।’

डा. ठाकुरका अनुसार गलगाँठ निकाल्न ढिलो भएको भए अझै बढेर श्वास नली र खाना नलीलाई थिच्ने भएकाले श्वासप्रश्वास अवरुद्ध भई बिरामीको ज्यानै जानसक्ने खतरा थियो । तर, गलगाँठ सफलतापूर्वक निकालिएकाले उनी अहिले खतरामुक्त भएकी छन् ।

जटिल शल्यक्रिया सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । बिरामी फेकनीदेवीका छोरा लखन मण्डलले जटिल शल्यक्रिया सफल भएको भन्दै खुशी व्यक्त गरे । ‘जटिल समस्या भएकाले अप्रेशन कस्तो होला भन्ने चिन्ता थियो,’ मण्डलले भने, ‘राम्रो उपचार हुन्छ भन्ने सुनेर नोबेल आएका थियौं । जस्तो सुनेको, त्यस्तै उपचार पायौं, धेरै खुशी लाग्यो ।’
अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको तालमेल रहेको नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!