सरकारले मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टलाई ३ महिनासम्म काम गर्न नपाउनेगरी निलम्बन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी फच्र्युना इन्टरनेश्नल प्रालिको नाममा सञ्चालित सो रिसोर्टलाई ३ महिनासम्म होटल, रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ । तीन हप्ताअघि सोही रिसोर्टमा बसेका ८ भारतीय पर्यटकहरु बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । विज्ञप्तिमा मन्त्रालयले सो घटनाको स्मरण गराउँदै पर्यटन ऐन २०३५ को दफा(१०) बमोजिम पर्यटन विभागबाट तोकिए बमोजिम स्तर बर्गीकरण नगराइएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!