मंगलबार, माघ २८, २०७६ || 951  पटक पढिएको

समाजमा जातीय विभेदका कारण निकै गम्भीर परिणामहरु देखिने गरेका छन् । यस्तै एउटा घटना सोमबार भएको छ । २४ वर्षकी छोरीले अन्तरजातीय विवाह गरेपछि उनका मातापिता र भाइले इनारमा हाम्फालेर आत्महत्या गरेका छन् ।यो घटना भारतको महाराष्ट्रको गडचिरोलीको हो ।

गडचिरोलीका रविन्द्र वरगंटीवारको अर्को जातीका युवकसँग प्रेम थियो । उनले पितासँग आफूले तिनै युवकसँग विवाह गर्न चाहेको बताएकी थिइन् ।

परिवारले भने उनको यो विवाह गर्ने चाहना स्वीकार गरेनन् । परिवारले आफूहरुको सम्बन्ध अस्वीकार गरेपछि ती छोरीले प्रेमविवाह गर्ने भन्दै शनिबार घर छाडेर हिँडिन् । आइतबार उनले तीर्थषेत्र मार्कण्डादेव मन्दिरमा विवाह पनि गरिन् ।

यो विवाहबाट परिवार निकै दुःखी भए । आफन्तहरुले निकै सम्झाउँदा पनि वरगंटीवार परिवार निकै तनावमा आयो । यही कारण तीनैजनाले सामूहिक आत्महत्या गर्ने फैसला गरे । सोमबार दिउँसो १२ र १ बजेको बीचमा उनीहरु आनन्दनगरको खुल्ला ठाउँमा भएको इनारमा पुगे । त्यहाँ आफूहरुसँग भएको सामान किनारामा राखेर तीनैजनाले इनारमा हाम्फाले ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!