हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 1218  पटक पढिएको

अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ ।

अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो ।

आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ । तालिबानले ग्रामिण क्षेत्रहरु कब्जा जमाउँदै गएको छ । यद्यपि प्रमुख शहरहरु भने अफगान सेनाकै नियन्त्रणमा रहेका छन् ।

दुईपक्षीय भिडन्तका कारण अफगानिस्तानमा गम्भीर मानवीय संकट आउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

अमेरिकाको एक संस्था साइगरले अफगानिस्तानको अहिलेको अवस्थामा सुधार नभए सरकारको अस्तित्व संकटमा पर्न सक्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!