हिपमत डटकम

शनिबार, साउन १६, २०७८ || 1843  पटक पढिएको

एजेन्सी । इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् ।

ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।

सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।

उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!