हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 565  पटक पढिएको

युएइको दुबईको नाममा अर्को कीर्तिमान पनि थपिएको छ, संसारको सबैभन्दा गहिरो स्वीमिङ पुल ।
डीप डाइभ दुबई नामक स्वीमिङ पूलमा पौडी खेल्न चाहने १९६ फिट अर्थात् ६० मिटर गहिराइसम्म जान सक्दछन् । दुबई सहरबाट झण्डै १५ मिनेटको दूरीमा पर्ने नाद अल शेबा भन्ने ठाउँमा निर्माण भएको स्वीमिङ पुलमा करीब १ करोड ४० लाख लिटर पानी हालिएको छ ।

यो कीर्तिमानँ पोल्याण्डको ४५ मिटर गहिरो डीप स्पट नामक स्वीमिङ पूलको नाउँमा थियो । बेलायतमा ५० मिटर गहिरो ब्लू एबिस नामक स्वीमिङ पूल बनिरहेको छ । ओलम्पिक खेलमा प्रयोग गरिने पौडी पोखरी भन्दा आकारमा ६ गुणा ठूलो छ ।

पानी मुनिको उक्त सहरमा सडकमा ठडिएका कारहरु, भित्तेचित्रबाट सजिएका पर्खालहरु, ठूला–ठूला रुख तथा पुस्तकालयका अलावा घरमा बस्ने तथा साइकल चढ्ने अनुभव पनि लिन सकिन्छ ।

यो सहर यति ठूलो छ पूरै घुम्न पर्यटकहरुले धेरै पटक डुबुल्की मार्नु पर्नेछ । पर्यटकलाई रोमाञ्चित गर्नका लागि सहरमा प्रकाश तथा ध्वनीको व्यवस्था गरिएको छ । अर्थात् यदि तपाई करीब २ सय फिट गहिरो पानीमुनि रहेको एक जग्जगाउँदो सहरमा केही समय बिताउने आनन्द उठाउन सक्नुहुन्छ त्यहाँ । त्यो चरम गहिराइमा पर्यटकको सुरक्षाका लागि ५६ वटा क्यामरा जडान गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!