मंगलबार, माघ २८, २०७६ || 1141  पटक पढिएको

बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखेन । उनीहरुले किर्ते गरी मसानघाटको जग्गा प्लटिङ गरेको पाइएको छ । आयोजनासँगै बारा भित्रिएका भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गासमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ । बाराको जितपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो । मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारले ऐलानी श्रेस्ता बदर गरी भूमाफियाको उक्त कम्पनीले किर्ते गरेर प्लटिङ गरी बेचेको पाइएको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाश लम्सालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!