हिपमत डटकम

बिहिबार, साउन १४, २०७८ || 467  पटक पढिएको

सन् २०२० सुरु भएयता संसारभरका मानिस कोरोना भाइरस संक्रमणबाट बाँच्नको लागि मास्क लगाइरहेका छन् । यस हिसाबले संसारमा दिनहुँ करोडौँको संख्यामा मास्क प्रयोग हुन्छन् र प्रयोग भैसकेका मास्क फोहोरमा फ्याँकिन्छन् । तर बेलायतका एक फेसन डिजाइनर टम सिल्भरउडले भने त्यसरी प्रयोग गरेर फ्याँकिएका मास्कबाटै निकै सुन्दर बेहुली पहिरन तयार पारेका छन् ।

सोसल मिडिया साइट इन्स्टाग्राममा एक मोडेलको तस्वीरहरु भाइरल बनिरहेका छन् । ती मोडेलले बेहुली ड्रेस लगाएकी छिन् । सेतो रङको वेडिङ गाउनमा उनी निकै सुन्दर देखिन्छिन् । पहिरन निकै नै बहुमूल्य र उत्कृष्ट देखिन्छ । तर यदि जुम गरेर राम्रोसँग हेर्ने हो भने उक्त पहिरन मास्कलाई जोडजाड गरेर बनाइएको थाहा हुन्छ ।

डिजाइनर टम सिल्भरउडका अनुसार उक्त पहिरन तयार गर्नका लागि १५ सय वटा मास्कको प्रयोग भएको छ ।
जुलाई १९ मा बेलायतको फ्रिडम डेको अवसरमा उक्त बेहुली पहिरन उनले सार्वजनिक गरेका थिए । मोडेल जेमिमा हेम्ब्रोले लण्डनस्थित सेन्ट पल क्याथेड्रलमा उक्त पहिरनसहित फोटोशूट गरेकी हुन् ।

टम सिल्भरउडको उक्त पहिरनलाई विवाहसम्बन्धी योजना तयार गरिदिने वेबसाइट हाइट चेटले लगानी गरेको छ । बेलायतमा लकडाउनसम्बन्धी बन्देजहरुलाई केही खुकुलो बनाइएको छ । त्यस्तोमा विवाहको रौनक पनि आउनेवाला छ । त्यसैले यो मास्कको बेहुली पहिरन निकै लोकप्रिय हुने देखिन्छ ।

सोसल मिडियामा यो पहिरनको निकै तारिफ भैरहेको छ । मानिसहरुले फोहोरमा फ्याँकिने मास्कको यस्तो गज्जबको उपयोगलाई निकै मन पराएको देखिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!