हिपमत डटकम

बिहिबार, साउन १४, २०७८ || 340  पटक पढिएको

नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

गत २६ चैतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पत्रका आधारमा संसद् सचिवालयले आफूहरूलाई सांसद् पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद् पदमा पुनर्बहालीको माग गर्दै अदालत गएका हुन् ।

आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले २३ असारमा दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् । पूर्वमाओवादीका चार जनाले दायर गरेको रिटको पेसी आजका लागि तोकिएको छ ।

उता, सांसदको पुनर्वहालीको माग गर्दै दायर रिटमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफू एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको दाबी गरेका छन् । एमाले पार्टीको सदस्यता नलिएको समेत उनले दाबी गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!