मंगलबार, माघ २८, २०७६ || 943  पटक पढिएको

नायिका रुविना थापाले चलचित्र ‘लभ डायरिज’बाट चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् । दुई वर्ष पहिला नै छायांकन भएको उक्त चलचित्र बल्ल रिलिजको तयारीमा छ । फागुन २ गते बाट रिलिज हुने भनिएको उक्त चलचित्रमा रुबिना र सुशीलको लभ स्टोरी लाइ देखाईएको छ । उक्त चलचित्र रिलिज हुन नपाउदै उनलाई धेरै चलचित्रमा अफर आएतापनि उनले नकार्दै गईन किनकि उनि डेब्यु चलचित्र ‘लभ डायरिज’को प्रतिक्रिया नबुझी अन्य चलचित्रमा काम गरिहाल्ने सोचाईमा थीइनन । केहि समय अगाडी पनि रुविनालाई अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’बाट पनि अफर गरिएको थियो । तर रुविनाले उक्त कुरा सुइँको समेत पाइनन् । ‘क्याप्टेन’का निर्देशक दिवाकर भट्टराईले रुविनालाई चलचित्रमा लिनको लागि लभ डायरिजका निर्देशक सौरभ चौधरीसँग कुरा गरेका थिए । त्यहीँ अवसरबाट बन्चित भइन्, रुविना । अनमोलसँग काम गर्न नपाएकोमा रुविनालाई गुनासो भने छैन् । रुविनाले भनिन्, ‘क्याप्टेनबाट मलाई अफर आएको कुरा बल्ल पत्तो पाउँदैछु । तर, मलाई उक्त चलचित्र नगरेकोमा कुनै पश्चताप छैन् । मैले लभ डायरिज बाट नै डेब्यु गर्न चाहेको हो । त्यसैले त्यो चलचित्र नगरेकोमा कुनै गुनासो पनि छैन् ।’

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!