मंगलबार, माघ २८, २०७६ || 818  पटक पढिएको

नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेसँगै अवरुद्ध संसद खुलेको छ । सिंहदरबारमा मंगलबार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले संसद् चल्न दिने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अनियमितता, भ्रष्टाचार र संवैधानिक अंगहरुको दुरुपयोगबारे सदनमा कुरा उठाउनेतर सदन चल्न दिने निर्णय भएको जानकारी दिए । प्रतिनिधिसभाको बैटक आज मंगलबार १ बजेबाट सुरु भैसकेको छ । अहिले काँग्रेस सांसद पुष्पा भुसाल बोलिरहेकी छिन् । अख्तियारले पार्टीका संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको भन्दै काँग्रेसले बिहीबार, शुक्रबार र आइतबार बसेको संसद् बैठकमा अवरोध गरेको थियो ।

ललिता निवासको जग्गा प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अलालतमा मुद्दा दायर गरेको थियो। सो प्रकरणमा निर्णय लिने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्य सचिव लिलामणि पौडेल (अहिले चीनका लागि नेपाली राजदूत) लाई जोगाएर सिफारिस गर्ने मन्त्रीका हैसियतमा गच्छदारलाई मात्रै फसाइएको गुनासो काँग्रेसको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!