विराटनगरका लालवानी परिवारका चार पुस्ताले पितृको सम्झनामा एकसाथ ५१ हजारभन्दा बढि रकम बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ ।

स्व. पारसमल–कमलादेवी लालवानीको सम्झनामा परिवारका ४ पुस्ते सदस्यले आइतबार विराटनगर–१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा आश्रित परिवारलाई मिष्ठान्न परिकार खुवाउँदै खाद्यान्न सामग्री वितरण गरियो ।

स्व. पारसमल लालवानीका भाइ मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैन लालवानी, छोरा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष फूलकुमार लालवानी, नाती नविन लालवानी पनाती खुसान्त लालवानीसहित परिवारका दर्जनौ सदस्यले आश्रममा आश्रित बालबालिकाहरूलाई एक महिना पुग्ने गरी चामल, रहरको दाल, चना, खाने तेल, मसाला, चिउरा, भुजा, भुजिआ, चाउचाउ, मास्कसहित स्वास्थ्य र खेलकूद सामग्री वितरण गरे ।

भारतको राजस्थान राज्यको नागोर तितरी जोधयासीबाट १ सय वर्षअघि विराटनगर बसाईं सरेको लालवानी परिवारको पुरानो इतिहास छ । ०६६ सालमा ७४ वर्षको उमेरमा पारसमल र ०७८ सालमा जेठ ५ गते ७७ वर्षको उमेरमा कमलादेवी लालवानीको विराटनगरमा निधन भएको हो । तिनै स्व. पारसमल, कमलादेवी लालवानीको सम्झनामा परिवारका सदस्य खेमचन्द लालवानी, फूलकुमार लालवानी, विकास लालवानी, मोहित लालवानी, नविन लालवानीले आइतबार पूर्वाञ्चल बालसेवा आश्रमका संस्थापक अध्यक्ष सीता पोखरेललाई खाद्यान्न सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा मारवाडी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष विमलादेवी लालवानी , निशा लालवानीसहित परिवारका सदस्यहरूले आश्रमका बालबालिकाहरूलाई मिष्ठान भोजन गराएका छन् । लालवानी परिवारको पूर्वाञ्चल बाल सेवा आश्रमका संस्थापक अध्यक्ष सीता पोखरेलसँग आत्मीय सम्बन्ध स्थापित छ । पोखरेललाई पूर्वाञ्चल बाल सेवा आश्रम अर्थात पूर्वाञ्चल अनाथ आश्रमका लागि सुरूमा ५ धुर जग्गा खरिद गर्न स्वर्गीय पारसमल लालवानीका भाइ खेमचन्द जैन लालवानीले ०४७ सालमा एकमुष्ठ ५ हजार रूपैयाँ सहयोग गरेका थिए ।

जुन रकमबाट खरिद गरिएको ५ धुर जग्गाको मूल्य ५० लाखभन्दा बढि छ । पोखरेलले आश्रमको थप जग्गा खरिदका लागि संचालन गरेको मुठ्ठी दान कार्यक्रममा स्वर्गीय कमलादेवी लालवानी सहभागि थिइन् । र जसको देनबाट आज पूर्वाञ्चल बाल सेवा आश्रमको विराटनगर–१३ मा ४५ कठ्ठाको क्षेत्रफलमा आधा दर्जनभन्दा बढि भवन निर्माण भएको छ । जहाँ सयौं बालबालिकाहरू आश्रममा बसेर अध्ययन गरिरहेका छन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!