मन्त्री भन्दा शक्तिशाली !

रिपोर्टरको कूनो

सोमबार, साउन ११, २०७८ || 588  पटक पढिएको

विराटनगर उत्तरतिरको एक सहरमा बस्ने एक मुर्धन्य स्रष्टा छन् जो प्रदेश सरकारको शक्तिशाली मन्त्री भन्दा कम छैनन् । तिखो लेखाई, विचारले चर्चित उनले यसपटक चैं आफ्नो पावरको गलत दुरुपयोग गरेकै हुन ।

मन्त्री शक्तिशाली वा ती व्यक्ति ? जवाफ मिहीन तरिकाले खोज्नु आवश्यक छ । मलाई सोध्नहुन्छ भने मन्त्रीभन्दा उत्तर दिशामा स्थायी बसोबास गर्ने स्रष्टा नै शक्तिशाली रहेछन् भन्छु ।

भानु जयन्तीको अवसर पारेर प्रदेशका स्रष्टालाई पुरस्कृत गर्ने प्रदेश सरकारको निर्णयलाई उत्तरे स्रष्टा महोदयले लालमोहर लगाउन मानेनछन् । कारण मुख्य पुरस्कार दक्षिणे स्रष्टा महोदयले पाउने भएछन् । पाउने कमरेड स्रष्टा नै थिए र, यसलाई रोक्ने पनि कमरेड स्रष्टा नै हुन । हरे ! यो के भएको ?

सिफारिस भएअनुसार निर्णय हुनुपर्ने पुरस्कार यथास्थितिमा राखिएको छ रे । होइन, पुरस्कारका लागि पनि यतिधेरै राजनीति हुने रहेछ भन्या ! पाउने त स्रष्टा नै हुन्छन् तर, आफु अनुकुल नाम आएन भनेर केन्द्रीय बा को फुर्ति देखाउँदै रोक्नुलाई तपाईं के भन्नुहुन्छ ? पक्कै पनि यो ठिक भएन ।

मन्त्री महोदय पनि डराएर निर्णय स्थगन गर्नेतर्फ लागेको देखियो । यस्ता कुरामा प्रभाव स्वीकार गर्ने मन्त्री महोदयको शक्ति पनि देखियो।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!