मंगलबार, माघ २८, २०७६ || 712  पटक पढिएको

नेपाली कलाकार रिस्ता बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । चर्चित भारतीय गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा उनले अभिनय गर्न लागेकी हुन् । सिर्जना सुत्रबाट उक्त काम पाएकी बस्नेतले सामाजिक संजालमा एक स्टाटस सेयर गर्दै आफुलाई नेहाको गीतमा काम गर्न पाएकोमा खुसी लागेको बताएकी छन् ।

रिस्ताले उक्त गीतमा टिकटक स्टार मन्जुल कट्टरसँग स्क्रिन सेयर गर्ने भएकी हुन् । पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दै छन । भिडियोमा पुरुसोत्तम प्रधानको छायांकन तथा बिपिन मल्लको सम्पादन रहने छ । भिडियोका निर्माता टिकुम शर्मा हुन् ।

केहि नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी रिस्ताले यो पटक भने बलिउडमा अभिनय गर्ने भएकी हुन । यस्तो कम पाउदा उनि खुसि छिन । उनले अभिनय गरेका म्युजिक भिडियो दर्शकले उचाएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!