विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयका शिक्षक कर्मचारी तलब लिनमात्र होइन, शैक्षिक सुधारका लागि विद्यालयलाई अनुदान दिनपनि सिपालु देखिएका छन् ।

पोखरियाका शिक्षक कर्मचारीले तलबमात्रै बुभ्mदैनन् आवश्यक परेको बेला शैक्षिक सुधारका लागि विद्यालयका लागि लगानी र अनुदान सहयोग गर्न पनि पछि नपर्ने भनी उदाहरण प्रस्तुत् गरेका छन् ।
वितरण गरिएको ल्यापटपमा सरकारको मात्र नभई स्वयं शिक्षक शिक्षिकाको पनि लगानी छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त २५ लाख रूपैयाँको अनुदान र शिक्षक कर्मचारीको प्रत्येकको ११ हजार ४ सय रूपैयाँको अनुदान सहयोगमा विद्यालयले ४० थान कम्प्यूटर किनेको हो । टेण्डर आव्हान गरी प्रत्येक कम्प्यूटर ७३ हजार ९ सय २ रूपैयाँमा खरिद गरिएको हो ।

रोचक कुरा के भने ल्यापटपमा शिक्षक कर्मचारीको केही अंश लगानी रहे पनि उनीहरूले सधैंको लागि भने ल्यापटप राख्न पाउने छैनन् । शिक्षक कर्मचारीको पनि ल्यापटपमा लगानी परेको भएपनि सेवानिवृत्त भएर वा अन्य कुनै कारणले शिक्षक वा कर्मचारीले सेवा छाडेमा ल्यापटप विद्यालयलाई नै फिर्ता दिनुपर्ने छ । विद्यालयले शिक्षक कर्मचारीबाट लिएको रकम भने फिर्ता गर्ने छैन ।
विद्यालयका प्राचार्य खेमराज भट्टराईले शिक्षक कर्मचारीमा पनि विद्यालयप्रतिको दायित्व, जिम्मेवारी र सेवाभाव बोध गराउन उनीहरूको पनि लगानी समावेश गरिएको बताए । उनले भने, ‘हामीलाई सरकारबाट २५ लाख प्राप्त भयो ।

४० थान राम्रो ल्यापटपका खरिदका लागि टेण्डर आव्हान ग¥यो । रकम अपुग भएपछि शिक्षक कर्मचारीले पनि केही रकम व्यहोर्नु पर्ने निर्णय गरे । सबै शिक्षक कर्मचारीले मेरो निर्णयको स्वागत गरे । ल्यापटप सम्बन्धी दक्षता अभिवृद्धि गर्ने, परीक्षालगायत अन्य शैक्षणिक गतिविधि, शिक्षक शिकाइलाई प्रविधिमैत्री बनाउन र प्रश्नपत्र निर्माण लगायतका कार्य गर्न वितरण गरिएको हो । शिक्षक कर्मचारीले ल्यापटपलाई विद्यालयको शैक्षिक उन्नयन तथा पठनपाठनमा प्रयोग गर्ने छन् ।
विराटनगरका मेयर भीम पराजुलीले ४० शिक्षक कर्मचारीलाई ल्यापटप हस्तान्तरण गरे । पराजुलीले आफ्नो प्रमुख दायित्व सरकारी विद्यालय सुधार्ने रहेको बताए । उनले शिक्षामा सुधार गर्न खोज्दा पटक पटक अवरोध भएको भन्दै शिक्षा सुधारका लागि ५ पटक निर्वाचन हार्न तयार भएको बताए ।

मेयर पराजुलीले विद्यालयका बाँकी ३० शिक्षक कर्मचारीको ल्यापटप खरिदका लागि महानगरपालिकाले आधा रकम लगानी गरिदिने वचन दिए । ०१६ सालमा स्थापित पोखरिया माध्यमिक विद्यालय स्मार्ट विद्यालय बन्नेतर्फ अग्रसर छ ।

सम्पूर्ण विद्यालयमा सीसी टिभी जडान भएको, विद्यालयसँग ५ स्मार्ट बोर्ड, ५ स्मार्ट टिभी रहेको र केहिदिनमा नै औषधी व्यवस्था विभाग छेउमा विद्यालयका लागि उपलब्ध १० कठ्ठा जग्गामा घेराबेराको काम थालिने प्राचार्य भट्टराईले अथ्र्याए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, सदस्य दुर्गा भट्टराई, दुर्गा चापागाईं, राजन घिमिरे, वृहत राष्ट्रिय शिक्षा सुधार अभियानका संयोजक अभिषेक घिमिरे, सहसंयोजक श्रीमन्त भट्टराई, पुर्व प्रअ बुद्धी सुवेदी, नगर शिक्षा प्रमुख दुर्गा खतिवडालगायतको सहभागिता थियो । कार्यक्रम शिक्षिका रिता पाठक दाहालले संचालन गरेकी थिइन् ।

आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!