हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 618  पटक पढिएको
फ़ाईल तस्बिर

विराटनगर–१० स्थित भानु मोरङ सांस्कृतिक समितिले आफ्नो नाममा रहेको जग्गा हडप्ने षडयन्त्रका विरूद्ध जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएको छ ।

समितिलाई जग्गा प्रदान गर्ने वास्तविक जग्गादाताको साटो अर्कै किर्ते जग्गादाता खडा गरी जग्गा हडप्न भरमग्दूर प्रयास जारी रहेको भन्दै त्यस्ता षडयन्त्रका विरूद्ध जुनसुकै हदसम्म जान सक्ने चेतावनी समितिले दिएको छ ।
६५ वर्ष इतिहास बोकेको समिति हाल जग्गा सम्बन्धि कानूनी लडाईमा छ । विराटनगर–१० स्थित ११ कठ्ठा जग्गालाई ०४० सालमा भएको नापीले समितिको नाममा जग्गा नापेको थियो । नापीको बखत कोहि पनि हकदावी गर्न आएका थिएनन् । एकाएक ०४४ सालपछि भानु मोरङ सांस्कृतिक समिति सन्सारी माईस्थानको जग्गामा कृष्ण मास्केको नामबाट जिल्ला अदालत मोरङमा मुद्दा पर्न गयो । फैसलाअनुसार मालपोतले ०५३ मंसिर २७ गते समितिको नाममा जग्गा पास गरी लालपुर्जा हस्तान्तरण गरेको थियो ।

लालपुर्जा हस्तान्तरण गरिएपनि किचलोका कारण जग्गाको हकभोग गर्न नपाएको पत्रकार सम्मेलनमा समितिकी अध्यक्ष माया पौडेलको गुनासो थियो । उनले जग्गा विवाद बारे बेलिविस्तार लगाउँदै मास्के समूहले भद्रपुरको ठेगानामा अर्कै दाता खडा गरेर राधाकृष्ण मन्दिरको नामबाट अदालतमा मुद्दा दायर गरेर सरोकारवालालाई प्रभावमा लिएर मुद्दा हराइएको जानकारी गराइन् । संसारी माईस्थानमा रहेको समितिको भवनमा मात्रै समितिको हक छ ।

समितिले पुनरावेदन अदालतमा पुनरावेदन गरेपनि मुद्दा हा¥यो । हाल जग्गा किचलो मुद्दा सर्वोच्चमा चलिरहेको र फैसलाको मुखमा पत्रकार सम्मेलन गरिएको पौडेलले जानकारी गराईन् । पौडेलले पत्रकार सम्मेलनमा तत्कालिन डिआइजी नारायण सिंह शाह, उद्योगी हंसराज गोल्छाको समर्थन र सहयोगमा पौडेलका श्रीमान् चतुर्भुज आशावादीले जग्गाधनी रतन कोइरी मेहताबाट निःशुल्क दानको रूपमा जग्गा प्राप्त गरेपछि वि.सं. २०१९ सालमा विधिवत कानूनी प्रक्रिया पुरा गरी दर्ता गरिएको जानकारी दिइन् ।

पौडेलले संस्थाले शिव श्रेष्ठदेखि दीपाश्री निरौलासम्मका शीर्षस्थ कलाकार जन्माएको भन्दै नृत्य , संस्कृति र कलाको उत्थानका लागि लागिपरेको संस्थाको विरूद्धमा निर्णयहरू गनिु आश्चर्यजनक भएको बताइन् । उनले व्यक्तिगत स्वार्थका लागि नभई कला र कलाकार बचाउन समितिको हितमा कानूनी लडाइ लडेको दावी गरिन् ।
पत्रकार सम्मेलनमा उपस्थित समितिका संरक्षक प्रचण्ड पौडेलले किचलोका कारण तनावमा बस्नु पर्दा दैनिक क्रियाकलापमा समेत असर परेको बताए । उनले बुवा आशावादीको सपना ४ सय सीटको सांस्कृतिक हल बनाउने रहेको र किचलोका कारण त्यो पुरा हुन नसकेको जिकिर गरे । प्रचण्डले हल निर्माण भए संसारी माई मन्दिरलाई पनि उपभोग गर्न दिने वचन दिए ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!