हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 455  पटक पढिएको

कोरोना लाग्दाको अनुभवसहित समसामयिक विषयमा तयार पारिएको कविता सङ्ग्रह ‘मृत्युसँगको साक्षात्कार’ सार्वजनिक भएको छ ।कांग्रेसका केन्द्रीय सदस्य गुरूराज घिमिरेले कविता थोरै शब्दमा धेरै कुरा भन्न सक्ने वा बुझाउन सक्ने विधा भएकाले आफ्नै भोगाई, सोचाई र अवस्थालाई पुस्तकमार्फत् सार्वजनिक गरेको बताए ।

 

कानबाट छिरेर हृदयमा जागृत गराउने विधा कविता भएको र, यसले संसारका धेरै आन्दोलन सफल पार्ने महत्वपूर्ण भूमिका खेलेको भन्दै घिमिरेले कविताले राजनीति गर्नेहरूलाई पनि सचेत बनाउने उल्लेख गरे । ‘शब्द थोरै हुन्छ तर, कविताको पकड अनि प्रभाव बलियो हुन्छ’ उनले भने ।

 

घिमिरेको यो छैटौं कृति हो र, यसको घुम्टो उघार्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, केन्द्ीय सदस्य डा. मीनेन्द्र रिजाल, प्रतिनिधिसभाका सांसद एवम् पूर्व मन्त्री प्रकाशमान सिंहलगायत नेता पुगेका थिए ।
कम्युनिष्ट पृष्ठभूमिबाट नेपाल विद्यार्थी संघको राजनीतिमा आएका घिमिरे लेखक पनि हुन । उनी विराटनगरमा रहँदा साप्ताहिक विमर्शको संवाददाता पनि थिए । भाषण कलामा निकै पोख्त रहेका घिमिरे कांग्रेसभित्र सम्भावना बोकिएका नेतासमेत हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!