हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 527  पटक पढिएको

सिरहा जिल्लाको सुखीपुर नगरपालिका-६ खरिटोल बस्ने ४० वर्षीय राज कुमार पासवानको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

यसैगरी रौतहट जिल्लाको गरुडा नगरपालिका-५ शिवनगर बस्ने संदिप साह सोनारको छोरा ४ वर्षीय सुवास साह सोनारको डुबेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको हो ।

यसैगरी रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया बस्ने दुखी साहकी ३ वर्षीया छोरी अनुस्का कुमारीको डुबेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिक खेल्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो ।

यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-१० दोगरी बस्ने ३५ वर्षीय लल्लु मुराउको आफनै घर नजिक रहेको माछापोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । चिप्लिएर लडेर उक्त पोखरीमा डुब्दा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-१ केवाडाँडा बस्ने २१ वर्षीय दिनेश राईको सोही ठाउँस्थित सिसुवा खोलाको दहमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित नयाँ निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा टेबल बोकी स्वास्थ्य चौकीतर्फ जाँदै गर्दा करिब २ सय मिटर तल उक्त दहमा खस्दा उनको डुबेर मृत्यु भएको हो ।

यसैगरी मोरङ जिल्लाको केराबारी गाउँपालिका-३ बस्ने २४ वर्षीय किरण श्रेष्ठको सोही ठाउँस्थित हचुवा खोलामा बन्दै गरेको पुल मुनीको पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

यसैगरी धनुषा जिल्लाको  धनौजी गाउँपालिका-३ कटैयास्थित नहरको कुलोमा डुबेर हाल नाम, थर, वतन नखुलेका करिब २१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनी अचानक लडेर उक्त नहरको कुलोमा डुब्दा उनको मृत्यु भएको हो । थप अनुसन्धानका लागि सोही साइकलमा सवार १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!