हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 334  पटक पढिएको

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका-१० सुकुटे बजारमा बागमती प्रदेश ०२-०१८ प ४८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ बस्ने २४ वर्षीय एलकेश मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका-२६ बुढीबजारस्थित सडकमा ग.१ च ९२४५ नम्बरको भेन र ग.२१ प १२५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने दोलखा माली गाउँपालिका घर भएका २३ वर्षीय विनोद खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र भेनमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । भेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कास्की जिल्लाको पोखरा महागरपालिका-२५ हेम्जास्थित सडकमा ग.१ त ६७४३ नम्बरको ट्याक्टर ढुङ्गामा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही महानगरपालिका-१६ बाटुलेचौर बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार घर भएका २३ वर्षीय सोम बहादुर कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी चितवन जिल्लाको रत्ननगर नगरपालिका-३ सहिद स्मृति क्याम्पस नजिक सडकमा रिक्सालाई बाग्मती प्रदेश ३-००२ प ७०५३ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका-५ बस्ने ३० वर्षीय सन्देश रिजालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!