हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 285  पटक पढिएको

काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका-९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त डान्सवार जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ७ सय १५ रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी  दाङ जिल्लाको घोराही उपमहानगरपालिका-१४ जागृती टोल बस्ने सुरेन्द बहादुर खत्रीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर खत्री लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० हजार ३ सय २५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

त्यसैगरी  कास्की जिल्लाको पोखरा महानगरपालिका-१७ हिमाली टोल बस्ने सोही महानगरपालिका-२६ बुढीबजार घर भएका ५३ वर्षीय जम बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ३ सय ९० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!