हिपमत डटकम

शनिबार, साउन ०९, २०७८ || 581  पटक पढिएको

चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् ।

 

२१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् ।

चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् । गालासिनाले १५१.१ स्कोर गरेकी थिइन् ।

 

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए ।

 

यसै स्पर्धामा नेपाली खेलाडी कल्पना परियारले व्यक्तिगत कीर्तिमान सुधार गरेकी छन् । तर उनी पहिलो चरणबाटै बाहिरिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!