हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 442  पटक पढिएको

सामुदायिक (सरकारी) स्कुलमा पढेकालाई उच्च शिक्षातर्फ छात्रवृत्ति सहज हुन्छ, सरकारी सेवामा प्रवेशमा प्राथमिकता दिइन्छ ।
निजी (बोर्डिङ) को भन्दा सरकारी स्कुलका शैक्षिक प्रमाणपत्रको महत्व अधिक हुन्छ । र, सरकारी, गैरसरकारी हरेक निकायले सरकारी विद्यालयको शैक्षिक प्रमाणपत्रलाई उच्च महत्व दिन्छन् । के यो कुरा सही हो ? जानकारहरूका अनुसार यस्ता कुरा बिल्कुलै गलत हुन । हो, एकखाले गलत हौवा फैलाएर बोर्डिङ स्कुलको शिक्षालाई कमजोर देखाउने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

‘सामुदायिक र बोर्डिङको शैक्षिक प्रमाणपत्रलाई हेर्ने दृष्टिकोणमा कुनै फरक छैन’ जेम्स इन्टरनेशनल स्कुलका संचालक भेषराज पोखरेलले भने, ‘यो हल्ला चलाएर बोर्डिङलाई कमजोर देखाउने जुन प्रयास भएको छ त्यो आफैले गलत कुरा हो ।’

बरू बोर्डिङका संचालकहरूको आक्रोश के मा छ भने नर्सरीदेखि मेहनतपूर्वक पढाएका विद्यार्थीलाई कक्षा चढ्दै गर्दा लगेर मेहनतको फल खाने कार्य केही सरकारी स्कुलले गरेका छन् ।
‘हामीले नर्सरीदेखि ८–९ कक्षासम्म धेरै नै मेहनत गराएर पढाउँछौ अनि अभिभावक गलत हल्लाकोपछि लागेर सरकारीमा भर्ना गर्नुहुन्छ’ एक बोर्डिङ स्कुलका प्रिन्सिपलले न्यू सृष्टि दैनिकलाई भने, ‘काम गर्ने कालु, मकै खाने भालू भएको अवस्था छ ।’ यी प्रिन्सिपलले कतिसम्म चुनौती दिए भने यदि सामुदायिक विद्यालय साँच्चै नै गुणस्तरीय छन् भने किन कक्षा–१ बाटै पढाएर उत्कृष्ठ नतिजा ल्याउन सक्दैनन् ?

मोरङमात्र होइन देशका विभिन्न जिल्लामा सामुदायिक विद्यालय नमूनाका नाममा अहिले भ्रमको खेती भइरहेको आरोप बोर्डिङ संचालकहरूको छ । ‘हाम्रो स्पर्धा सरकारी स्कुलसित छैन तर, सरकारी स्कुल हाम्रै उपलब्धी खोसेर उल्टै हामीलाई बदनाम गराउन लागिपरेका छन्’ अर्का एक बोर्डिङका संचालकले गुनासो गरे, ‘बाहिर जुन प्रचार छ त्यसअनुसारको जनशक्ति अझै पनि सरकारी विद्यालयहरूमा छैन, गलत हल्ला फैलाएर, भ्रम फिंजाएर बोर्डिङलाई मात्र गलत देखाउने कार्य भएका छन् ।’

पोखरिया स्कुलका प्रिन्सिपल खेमराज भट्टराई लामो समयसम्म सरकारी शिक्षालय सुस्त भएको र नमूना बनाउने क्रममा सुरुवाती दौरमा केही समस्या भए पनि अब आफुहरूका लागि कक्षा–१ बाटै कुनै समस्या नहुने तर्क राख्छन् ।
‘पक्कै पनि हिजो नमूना सामुदायिक विद्यालय बनाउन हामीले बोर्डिङका विद्यार्थीलाई आकर्षित गरेका हौ तर, अब बोलाउने होइन भर्ना गरेर राख्न सक्ने अवस्था छैन भने पक्कै पनि हामीमा उल्लेख्य सुधार आएकै मान्नुपर्छ’ उनले भने ।
आज सरकारले शिक्षाको नाममा जति लगानी देशव्यापी रूपमा गरेको छ त्यो भन्दा कम लगानी बोर्डिङ स्कुलहरू पनि छ । प्याब्सनका राष्ट्रिय अध्यक्ष टीकाराम पुरी बोर्डिङ स्कुललाई बदनाम गरेर आफुलाई असल र उत्कृष्ठ प्रचार गर्ने शैली नै गलत भएको बताउँछन् । उनले भने, ‘कुनै पनि विरुवा हुर्काएपछि फल दिने बेलामा वृक्ष नै सारेर यो विरुवा मैले रोपेको हो भन्न त पाइएन नि !’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!