बीरेन्द्रकुमार साह

शुक्रबार, साउन ०८, २०७८ || 677  पटक पढिएको
फ़ाईल तस्बिर

मोरङका ग्रामिण क्षेत्रमा कोरोना संक्रमण बढिरहेको छ । विराटनगरमा व्यापक बनेको कोरोना निषेधाज्ञा खुकुलो भएसँगै ग्रामिण भेगमा संक्रमणको दर उच्च देखिन्छ । विराटनगरमा ५३ संक्रमित फेला पर्दा मोरङका अनय स्थानिय तहमा झण्डै ८० जना देखिएको छ ।

बेलबारी २७, केराबारी २२, सुन्दरहरैंचा १५, उर्लाबारी ४, पथरीशनिश्चरे ३, बूढीगंगा, लेटाङ र स्थानीय तह नखुलेका २–२, रतुवामाई र कानेपोखरीमा १–१ नयाँ संक्रमित देखिएका छन् । सबैभन्दा बढी दमकमा ७० जना फेला परेका छन् प्रदेश १ का नगरमध्ये । बिहिबार ४५८ संक्रमित थपिएका छन् प्रदेशमा । १००६ को पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापा २०७, मोरङ १३२, सुनसरी ९५, इलाम ५, धनकुटा ३, पाँचथर, संखुवासभा र उदयपुर २–२, ताप्लेजुङ, भोजपुर र खोटाङ १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोड ३७, मेचीनगर २४, कनकाई १९, शिवसताक्षी १६, अर्जुनधारा १५, कमल गाउँपालिका ७, भद्रपुर ७, बुद्धशान्ति ६, बा¥हदशी ३, गौरादह र झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१ संक्रमित देखिएका छन् । धरान ४९, इटहरी ३०, कोशी गाउँपालिका, दुहवी, बराहक्षेत्र र देवानगञ्जमा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८०११५ पुगेको छ । ७२४९३ जना संक्रमणमुक्त भएका छन् । ४०३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६११५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!