यो हो नि तरिका

नरिसाउनुस् है

शुक्रबार, साउन ०८, २०७८ || 1012  पटक पढिएको

धेरैपछि आन्तरीक राजश्व कार्यालय (भ्याट) मा न्यू सृष्टि दैनिकको कर फस्र्योटकै काम विशेषले गइयो । कार्यालय प्रमुख विमल सापकोटा सुरक्षित तरिकाले कसोरी बसेका छन् भनेर हेर्दा निकै खुसी लाग्यो । कार्य कक्षमा समेत प्लाष्टिक डोरीको घेरा बनाएर सामाजिक दूरी कायम गरिएको रहेछ । सापकोटाले त्यो घेरा पार गर्न कसैलाई दिदैंनन् ।
कोरोना महामारी कम भएको छैन अहिले । दैनिक रुपमा संक्रमित बढेका छन् र, मृत्युका खबरहरू पनि प्रसस्तै आएका छन् ।

भलै निषेधाज्ञा कमजोर भएको छ तर, समाजमा सापकोटाजस्ता कर्मचारी र व्यक्ति पनि छन् जसले सामाजिक दूरी र सुरक्षाका सबै विधिको प्रयोग गर्न छाडेका छैनन् । यो सचेतनाले नै कोरोनालाई परास्त गर्न सकिन्छ । आफु र कार्यालयका कर्मचारीलाई यसरी सचेत बनाउनु प्रमुखको दायित्व पनि हो ।
कार्यकक्ष पुग्ने वित्तिकै सेनिटाइजर दल्नुपर्ने रहेछ । मास्क अनिवार्य तरिकाले लगाउनै पर्ने । मास्क नलगाएकालाई प्रवेशमै रोक लगाइदो रहेछ । यो निकै राम्रो कुरा हो । घेरा पार गर्न पटक्कै नपाइने । दूरी कायम गरेर टाढैबाट बोल्नु पर्ने । यो बाध्यकारी नियम कतिलाई नपच्न सक्छ तर, पंक्तिकारले प्रमुख सापकोटालाई धन्यवाद दिएर फर्कियो–यो सचेतना कार्यलाई कमजोर हुन नदिनुहोस् है ।

हो, यस्तै सचेतना, सुरक्षाका कारण कार्यालयमा कोरोना फैलन्न ।
आज सहरमा कसलाई कोरोना छ ? संक्रमण बोकेर पनि खुलेआम हिडिरहेको हुन्छ मनुवा । पीसीआर गरेर होमआइसोलेसनमा बस्नुपर्ने मनुवा घुमफिर गर्न सहरतिर टहलिएको देखिन्छ । सान्दार लापरवाही देखिएको छ समाजमा ।

निषेधाज्ञा केही कमाजोर बनाएको आधारमा ‘अब कोरोना महामारी सकियो, अब हिड्दा केही हुन्न’ भन्ने शैली देखिएको छ । हिड्नुसहोस्, घुम्नुहोस् तर, सुरक्षित तरिकाले । मास्क अनिवार्य लगाउनुहोस् । विश्वास लाग्ने निश्चित व्यक्तिसित मात्र सहकार्य गर्नुहोस् ।

महामारी फैलदो क्रममा छ भन्ने कुरा सामान्य हेक्का कमैले राखेका छन् । कोरोना के हो ? संक्रमणले सिकिस्त पारेपछि के हुन्छ ? एकपटक सिकिस्त विरामी भएर बालबाल बाचेका तपाईं हाम्रै समाजका केही व्यक्तिहरूलाई गएर सोध्नुहोस् त !
सरकारी अधिकांश अड्डा (कार्यालय) हरू बिल्कुलै लापरवाह देखिन्छन् कोरोनाका सन्दर्भमा । सबैभन्दा बढी लापरवाह त विकासे कार्यालयहरू छन्, जसले कोरोना महामारीको लहर नै विर्सन विवश बनाउँछन् ।
विराटनगर महानगरपालिकाकै कुरा गर्नुहोस् न । कार्यालयमा कुनै मापदण्ड छैन । संक्रमित आएको छ भने पनि कुनै जाँच छैन । मालपोत, भुमिसुधार कार्यालयलाई नै हेर्नुहोस् न । मास्कसमेत प्रयोग भएको छैन । पटक्कै सुरक्षा विधि अपनाइएको छैन ।

अरुलाई सिकाउने महानगरपालिकाभित्र मापदण्ड पालना गराउने सबालमा चरम लापरवाह किन देखिउको होला ? कि महानगरपालिकाका कुनै कर्मचारी र जनप्रतिनिधिहरूलाई संक्रमण नलाग्ने हो ? कार्यालय प्रवेश गर्ने वित्तिकै सेवाग्राहीको ज्वरो नाप्ने, सेनिटाइजर र मास्क प्रयोग गर्न गराउन महानगरपालिकाका लागि कुन ठूलो कुरा हो । बेकाम्मे अवस्थामा धेरै कर्मचारी त्यसै बसेका छन् । उनीहरूलाई यो काममा परिचानल गर्न किन नसकिएको होला ?
महानगरपालिका मात्र होइन यसखाले चरम लापरवाही सिंचाई, सडक, बैंकहरू पनि देखिन्छ । बैंकमा हेर्नुहोस् त मापदण्ड पालना गरिस ? गरें भन्ने देखाउन मात्र खोजिएको छ । मनुवालाई पैसा चाहिएको छ र, बैंकलाई काम ।
अब त रेष्टुरेण्टसमेत खुल्न थालेका छन् । भोलि गएर स्कुल÷कलेज पनि संचालन होलान् । एकपछि अर्को कार्यालय र संस्थाले यसरी चरम लापरवाह गर्ने हो भने कोरोनाले कुन हदसम्म विगार गर्छ ? यो कुरालाई बुझेर पनि बुझ पचाउने काम भएको छ ।

त्यसैले आउनुहोस् आफ्नो सुरक्षा आफै गरौं । अरूले के गर्छन् त्यसतर्फ नजाऔं तर, तपाईंले मात्र प्रयास गर्नुभयो भने कम्तिमा त्यो समाजका लागि उदाहरण हुन्छ । भ्याट कार्यालयका प्रमुख विमल सापकोटाले उदाहरण पेस गर्न सक्छन् भने तपाईंले किन सक्नुहुन्न ? सक्नुहुन्छ । तर, तपाईं आफै पनि लापरवाहको पात्र बन्न लालायित हुनुहुन्छ । चेतना भया–अहिले खुलेर बाहिर निस्कने, भीडभाड गर्ने र मापदण्ड पालना नगर्ने समय होइन ।

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!