शुक्रबार, साउन ०८, २०७८ || 871  पटक पढिएको
निर्मल ढुंगाना

मोरङ बूढीगंगा गाउँपालिका–१ का एलिस खतिवडा कक्षा–६ मा अध्ययनरत छन् । उनी बिहान र बेलुका स्कुलले संचालन गरेको अनलाईन कक्षा लिन्छन् । निकै मेहनती एलिस अनलाईन कक्षा नछुटाइकन लिन्छन् । यसकोविकल्प पनि त छैन कोरोना महामारीमा !

एलिस धेरै दिन भयो किताव र मोवाइल बोकेर अर्काको घर दौडेको । पढाइमा उनको ठूलो लगाव छ । उनी अनलाइन कक्षा संचालन भइरहेको बखत झ्याप्प लाइन गएपछि वाइफाई र इन्र्भटर भएको घर तर्फ कितव र मोवाइल बोकेर दगुर्छन । एलिसको घरमा विजुलीको बैकल्पिक व्यवस्था छैन् ।
एलिसलाई बिहान र बेलुका बिजुलीको ठूलो चिन्ता हुन्छ । वाईफाई त छ नि, तर लाइन भनएपछि बाध्य भएर छिमेकीको घरमा जानु पर्छ । भनेको बेलामा अर्काको घरमा आफूलाई अनुकुल पढ्ने बातावरण हुँदैन । उनीहरू के गरिरहेका हुन्छन् । के मा व्यस्त हुन्छन् ।

केही कुरा भनिहाल्छन की भन्ने डर हुँदाहुँदै बाध्यताले जानु पर्छ । कोरोनाको माहामारी छ । अर्काको घरमा जान पनि गाह्रो उनी सुनाउँछन् । अहिले पढ्नको लागि कुनै वातावरण नै छैन एलिसको गुनासो छ । ५ मिनेट लाइन गयो भने १० मिनेटको कक्षा छुट्छ एलिसले दुखेसो पोखे । सोही ठाउँका उनीसँगै अध्ययन गर्ने आयुष बस्नेतको अवस्था पनि त्यस्तै छ । उनी पनि अनियमित विजुली कटौतीको सिकार भएका छन् । दुवैजना विजुली जाने वित्तिकै छिमेकीकाहाँ दौडन्छन् ।
कोरोना माहामारीका कारण अहिले सबै स्कुल कलेज बन्द छन् । नियमित रुपमा स्कुल कहिले खुल्छ भन्ने कसैसँग ठोस जवाफ छैन । स्कुलमै पुगेर प्रत्यक्ष पढ्न पाउने संभावना यस शैक्षिक सत्रमा पनि छैन । कोरानाको नयाँ नयाँ भेरियन्ट आउने क्रम जारी छ ।

अब आउने भेरियन्टले बालबालिकालाई प्रभाव पार्ने भनेर विश्व स्वास्थ्य संगठनले भनिरहेको छ । पढाइएको एउटा माध्यम भनेको अनलाईन कक्षा मात्रै हो । अनलाइन कक्षा संचालनको आधारमा स्कुलले त्रैमासिक परिक्षा लिने गरेको छ । गत बर्षको शैक्षिक सत्रको फाइनल नतिजा अनलाईनमा लिएको परिक्षाको आधारमा स्कुलले प्रकाशन गरे ।
अनलाईन कक्षा लिन थालेपछि प्रायः अहिले सबैको घरमा राम्रो खालको मोवाइल हुने गरेको छ । वाइफाई पनि जसोतसो जोडेका छन् तर सबैको आर्थिक अवस्थाको कारण विजुलीको वैकल्पिक स्रोत हुदैन ।

सामान्य इन्र्भटर अथवा सोलार राख्न पनि मोटो रकम खर्च गर्नुपर्ने हुन्छ । विद्युत प्राधिकरणको अनियमित बिजुलीका कारण धेरै विद्यार्थी अनलाइन कक्षा लिनबाट बन्चित हुने गरेका छन् । विद्युत प्राधिकारण केही दिन अगाडी मर्र्मत गर्ने भन्दै दैैनिकजसो विहान ८ बजे देखि साझ ६ बजेसम्म विजुली आपूर्ति बन्द गरायो ।
त्यस बखत एलिस जस्ता मेहनती विद्यार्थीलाई पर्नु पीर परो । एलिसले त्यस बेला धेरै दिन अनलाइन कक्षा लिन पाएनन् । त्यस बेला उनले महत्वपूर्ण अभ्यास गर्न र सिक्न पाएनन् ।
स्कुलले दोहो¥याएर अभ्यास नगराउने भएको कारण उनी तनावमा छन् । एलिस र आयुष त एउटा उदाहरण मात्रै हुन यो समस्याबाट अहिले धेरै विद्यार्थीहरू मार्कामा परेका छन् । विद्युत प्राधिकरणले पछिल्लो समय दिनमा धेरै पटक बिजुली काट्ने गरेको छ ।

विहान र बेलुका हुने अनलाईन कक्षामा सोही अवधिमा प्राधिकरणले विद्युत कटौती गर्ने गरेको छ । अहिलेको यस्तो अवस्थामा विद्यार्थीहरूको लागि भएपनि विद्युत प्राधिकारणले विहान र बेलुका नियमित विद्युत उपलब्ध गराउनु पर्छ । कोरोना माहामारीका कारण लाखौं विद्यार्थीको भविष्य जोखिममा छ । यस्तो अवस्थामा अनलाईन मार्फत केही राहत भएको अवस्थामा विद्युत अनियमिता गर्नु भनेको विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु हो । चेतना भया…

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!