हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 622  पटक पढिएको

गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३३ वर्षीय सरोज लामा लगायत ४ जनालाई बिस्कुट आकारको सुन जस्तो देखिने पहेँलो वस्तु लगायतका सामान सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको डेरा कोठामा सुन जस्तो देखिने वस्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा सुन जस्तो देखिने बिस्कुट आकारको १ केजी गोल्ड लेखेको १ थान वस्तु, सुन जस्तो देखिने ५० ग्राम लेखिएको १४ थान चुरा, प्रभु बैंकको ३ लाखको चेक १ थान, नेपाल बङलादेश लिमिटेड शाखाको १ थान चेक, नगद २० हजार २ सय ५० रुपैयाँ, ५ थान मोबाईल, १ थान टुल बक्स, १ थान स्क्रु डाईभर, ६ थान सुनको बिल भरपाई लगायतका कागजात फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!