कतिपयले आफूले गरेको विकासलाई देखाएर चुनाव जित्छन् अनि कतिपय चाँहि विकास गर्ने बाचा देखाएर जनप्रतिनिधि बन्छन् । विकासको बहाना बनाएर चुनाव जितेपछि त्यतातिर फर्किएर पनि नहेर्ने चलन नभएको पनि होइन । यही कोही यस्ता पात्र पनि छन्, जो चुनावको उम्मेदवार पनि होइनन् र कालो धन लुकाउन गरेका पनि होइनन् । तर, उनीहरु विकास र गाउँको उन्नति प्रगतिका लागि जीवन समर्पण गर्छन् ।

मोरङको उर्लाबारी ९ का सुन्दर श्रेष्ठ, यस्तै व्यक्तिमा पर्छन्, जसको काम नामजस्तै सुन्दर छ । गाउँको स्तरोउन्नतिका लागि उनी आफ्नो नीजि खर्चमा नै समाजसेवामा तल्लिन छन् । कहिले सडक बत्ति जडान त कहिले विद्यालयमा सहयोग, खेलकुद र बाटोघाटोको निर्माणमा उनको योगदान रहँदै आएको छ ।

उनलाई कुनै चुनावी एजेन्डा बनाउनु पनि छैन, चुनावका बेला यो गर्छु, त्यो गर्छु भनेर बाचा गर्नेका लागि उनले गरेको यस्ता कामले चुनौति नै थपिदिएको छ । विकासका लागि इच्छाशक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ भन्ने उदाहरण बनेका छन्, सुन्दर । जसले आफ्नै लगानीमा गाउँ नै सुन्दर अर्थात समृद्ध बनाउँदै छन् । यो यात्रामा सकुन्जेल अघि बढ्ने सोच रहेछ, उनको । सुन्दर भन्छन्, ‘सकुन्जेल गाउँको विकासमा लाग्ने हो, नसकेका दिन एक थोक पक्कै हुन्छ । हामीले राम्रो जग बसाउन सक्यौं भने गाउँले छिट्टै मुहार फेर्नेछ ।’

विद्यालय, गाउँका सडक बत्तीमा उनले सहयोग गरेका छन् । आफ्नै लगानीमा बाटो, खेलकुद तथा कला संस्कृतिका क्षेत्रमा पनि उनको सहयोग छ ।

सुरूवाती दिनमा ४० रूपैयाँमा लेबर काम गरेर आर्थिक रूपमा सवल भएका मोरङ उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले आफू जन्मे हुर्केको वडाको विद्यालयलाई उल्लेखनीय सहयोग गरिरहेका छन् ।

यतिवेला उनी आफ्नो वडाको विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न विद्यालय बनाउन क्रियाशिल छन् । सुन्दर श्रेष्ठ, यस्ता मनकारी व्यक्ति हुन्, जसले अरूसँग मागेर होइन, आफ्नो पसिना बगाएर कमाएको रकम गाउँको विकासमा खर्चिरहेको छ । सुन्दरको जस्तो सहयोगी मन समाजमा विरलै पाइन्छ,उनलाई नजिकबाट जान्ने बुझ्नेहरु यसै भन्छन् ।

उर्लाबारी–९ को प्रभात निमावि, राजघाट निमावि र सार्वजनिक माविमा उनले उदाहरणयोग्य सहयोग गरेका छन् । जसका कारण अभिभावक तथा स्थानीयले सुन्दरको बखान गरिरहन्छन् । सुन्दरले प्रभात निमाविमा आफ्नो एकल लगानीमा ट्रससहितको स्टेज बनाएका छन्, घेराबारामा पनि महत्वपूर्ण सहयोग गरेका छन् । विद्यालयमा पिङ, वाल उद्यानका सामग्रीहरू सहयोग मात्र गरेका छैनन्, विद्यालयमा रंगरोगन पनि आफ्नै खर्चमा गरिदिएका दिएका छन् ।

अझ महत्वपूर्ण कुरा विद्यालयका विपन्न परिवारका १० जना विद्यार्थीलाई सुन्दरले आफ्नै खर्चमा पढाइरहेका छन् । यसरी पढाईमा सहयोग गरेको २ बर्षभयो । यस कार्यलाई निरन्तरता दिने सुन्दर बताउछन् ।
निश्वार्थ रहित सुन्दर विद्यालयमा पुग्छन्, अनि विद्यार्थीलाई सोध्छन्, के सहयोग गरु ?
विद्यार्थीहरुले खेलकुदका समाग्री भनुन या पाठ्य समाग्री तु सहयोग गरिहाल्छन् ।
आफ्नै लगानीमा एक जना अंग्रेजी शिक्षक सुन्दरले राखिदिएपछि कम्ता सहज भएको छैन । दरबन्दी भएपनि शिक्षक उपलब्ध नभएपछि पढाई खाली त पार्नु भएन, श्रेष्ठले भने, सकिनन्जेल सहयोग गर्छु । हाम्रो स्कुलको प्रगती देख्न पाउँ ।
हाम्रो पालामा पढ्ने बेलामा कैले कापी किन्ने पैसा हुँदैन थियो त कैले कलम, श्रेष्ठले भन्छन्, पढ्ने रहर हुँदा पनि आर्थिक अभाव हुँदा समस्या थियो । आज त्यही समस्या सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरेर छात्रवृत्ति विद्यार्थी भाई बहिनीहरुलाई सहयोग गरिहेको छु ।

श्रेष्ठले आफूले सहयोग गरेको स्कुलमा पठनपाठन पनि राम्रो होस् भनेर शिक्षक र विद्यार्थीलाई सुझाव दिन्छन् ।
‘भौतिक विकास मात्र भयो र पढाइ खस्कियो भने त्यसको अर्थ हुँदैन। त्यसैले अभिभावक र शिक्षक जोडतोडले लाग्नुपर्छ,’उनी भन्छन् । श्रेष्ठ सामुदायिक विद्यालयको पढाइ खस्किएको समाचार आइरहँदा आफ्ना वडाका बाबुनानीको राम्रो नतिजा देख्दा दंग छन् । प्रभातमा पढाइ राम्रै भएकाले विद्यार्थीले राम्रो नतिजा ल्याएको उनी बताउँछन् ।

आफूले सानोमा राम्रोसँग पढ्न नपाएको समस्या सम्झदै श्रेष्ठले भने,‘बाबुुनानीहरूले राम्रोसँग पढे लेखे भने म अझै धेरै सहयोग गर्नेछु।’

यतिमात्रै होइन सुन्दरले राजघाट निमावि उर्लाबारी—९ मा पनि गेट निर्माण गरिदिएका छन् । उनकै सहयोगमा एउटा कक्षा कोठामा पनि सो विद्यालयमा बनिरहेको छ ।
प्रधानाध्यापक गोपाल श्रेष्ठले सुन्दरले स्वागत गेट निर्माण गरिदिएर विद्यालयका लागि ठूलो सहयोग गरेको बताए। ‘अन्य निकायबाट आश्वसन मात्र पायौं, सुन्दर सरले एकैबचनमा काम गरिदिनुभयो,’ अहिले कक्षा कोठा पनि बनाईदिन सुरु गर्नुभयो, उनले भने ।

सुन्दर श्रेष्ठ विद्यालयमा सहयोग मात्र गर्दैनन्, संघर्षको थलो काठमाडौंबाट घर आएका बेला विद्यालयमा गएर विद्यालयका समस्याहरू बुझ्छन् । विद्यार्थीलाई पढाइ कस्तो छ? सर मिसले कस्तो पढाउनुहुन्छ? भनेर सोधुपुछ गर्छन् । शैक्षिक अवस्था सुर्धान अनुरोध गर्छन् र अभिभावकहरूसँग अन्तक्र्रिया गर्छन् ।
श्रेष्ठको सहयोगमा सार्वजनिक मावि आम्बारीमा पनि पक्की स्टेज बनेको छ । स्तरीय मञ्च नहँुदा समस्या थियो, अहिले पक्की मञ्च बनेपछि कार्यक्रम गर्न सहजता भएको छ ।

विद्यालयले श्रेष्ठले समस्या राखेपछि श्रेष्ठले आफ्नो सहयोगी मन फराकिलो बनाएका छन् । गाउँमा सडक बत्ति जडान लगायतमा विविध क्षेत्रमा सहयोग गर्दै आएका श्रेष्ठले सहयोगको सहि सदुपयोग भए आफूलाई खुशी हुने बताउँछन् ।
सामाजिक काम गर्दा उनलाई पछुतो छैन, तर कहिले काँही दुख लाग्छ, आफ्नो गाउँ बनाउन खोज्दा नि खुट्टा तान्नेहरु हुँदा रहेछन् । श्रेष्ठ भन्छन्, म राजनितीमा आउन र कसैको पदिय भाग खोस्न आएको हैन् । मेरो चाँहना छ , जो जस्ले गरेपनि हाम्रो गाउँठाउँ समृद्ध बनोस । सहकार्य गरौं । हातेमालो गरौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!