काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रै समाधान खोजिएको भए राम्रो हुने बताएका छन्।

जेन-जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते ध्वस्त पारिएको संघीय संसद् भवनको अवलोकनका क्रममा पत्रकारहरूसँग बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

“प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो,” सभामुख घिमिरेले भने।
उनले जेन-जी आन्दोलनमा भएका घटनालाई “दुःखद” भन्दै अहिलेको परिस्थितिबाट “सही दिशामा अघि बढ्नु सबैको दायित्व” रहेको उल्लेख गरे।

उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि आक्रमण भएको वर्तमान अवस्था गम्भीर रहेको भन्दै समाधानका लागि सबै पक्ष एकजुट हुनु पर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!