हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 548  पटक पढिएको

सरुवा नियमित प्रक्रिया हो तर, मोरङका एसपी जनार्दन जिसीले एक हप्तामै दुई संस्थाकोस्वागत थापेका छन् ।

जिसीलाई विराट व्यापार संघले बुधबार विराटनगरमा स्वागत तथा सम्मान ग¥यो । संघका अध्यक्ष सुजन थापा, निवर्तमान अध्यक्ष शिवप्रसाद रिजाल, पूर्व अध्यक्ष धुव्र दाहाल, रामजीवन अग्रवाल, वरीष्ठ उपाध्यक्ष जीतेन्द्र गोल्छा महासचिव चन्द्रप्रसाद राजवंशी र कार्यसमिति सदस्य गोपाल अग्रवालसहितका पदाधिकारीहरूले जिल्ला प्रहरी कार्यालय मोरङ एसपी जिसीसहित डीएसपी दीपक श्रेष्ठलाई खादा र माला लगाएर स्वागत गरे ।

२ हप्ता अघि मोरङ प्रहरीको कमाण्ड सम्हालेका एसपी जिसीले सीमान्त क्षेत्रबाट हुने गरेको तस्करीलाई पूर्ण रूपमा उन्मूलन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि उत्साहित विराटनगरका खुद्रा व्यवसायीहरूको संस्था विराट व्यापार संघले एसपी जिसी र डीएसपी श्रेष्ठलाई स्वागत र सम्मान गरेको हो । सीमान्त क्षेत्रबाट अवैध रूपमा तस्करी हुँदा तथा नेपाली जोगबनीमा किनमेल गर्दा यहाँको व्यापार चौपट हुँदा दशकौदेखि यहाँका व्यापारीको आयस्तर माथि उठ्न सकेको छैन ।
सम्मान ग्रहणपछि एसपी जिसीले प्रदेश नं. १ को राजधानी विराटनगरलाई अपराधरहित नमूना सहर बनाउन आपूm जिल्ला प्रहरी प्रमुखको कमाण्ड सम्हालेकोले चोर तस्करसँग सहकार्य नगरी कठोर भएर आपूm अगाडि बढ्ने धारणा राखे । ०७६ चैत ११ गतेदेखि सरकारले नेपाल भारतको मुख्य रानी नाकालाई शीलबन्दी गरेको छ । डेढ वर्षभन्दा बढी समयदेखि रानी नाका ठप्प हुँदा नेपाली उपभोक्ता विराटनगरमा नै किनमेल गर्दा उद्योगी व्यवसायीको व्यापार बढ्न गई आय स्तर बढेकोले सरकारले पनि मोटो रकम राजश्वको रूपमा प्राप्त गरेको थियो ।

सीमान्त क्षेत्रको नाकाबाट निर्वाध रूपमा नेपाली तथा भारतीयहरू आवतजावत गरिरहेकोले तस्करीले प्रश्रय पाउँदा पुनः व्यापार घटेको छ । जसलाई अविलम्ब मोरङ प्रहरीले पूर्ण रूपमा नियन्त्रण गर्नु पर्ने व्यवसायीहरूको सुझाव छ । कार्यक्रममा संघका अध्यक्ष थापाले उद्योगी, व्यवसायी र प्रहरीको सम्बन्धलाई विस्तार गर्नका लागि सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको बताए । कार्यक्रममा संघका महिला पदाधिकारी सरस्वती ओझा, विमला अर्याल, सञ्जु सापकोटाले एसपी जिसी र डीएसपी श्रेष्ठलाई फूलमालाले सम्मान गरेका थिए ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!