हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 1117  पटक पढिएको

विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरको कार्यक्षेत्रमा पर्ने महानगरपालिका, नगरपालिका र गाउँपालिकाको रजिष्टे«सन हुने लिखतमा ०७८÷०७९ का लागि थैली कायम गर्ने प्रायोजनमा न्यूनतम मूल्याङ्कन कायम गरिएको छ । मोरङ प्रशासनले सार्वजनिक गरेको मूल्याङ्कन साउन १ गतेदेखि लागु भएको छ ।

विराटनगर १, २, ३,४, ८, ९, १०, १२, १३, १४, १५ को जग्गामध्ये वर्ग छुट्याई नापी भएको जग्गाको क वर्गको मुख्य पीच सडकको दायाँ बायाँको १ करोड १५ लाख कायम छ । मुख्य पीचबाट खोलिएको शाखा पीच सडकको दायाँ बाँयाको जग्गाको १ करोड ९ लाख, भित्री पीच सडकको १ करोड ३ लाख, सडक दायाँ बायाँ र ग्राभेल सडकको जग्गाको ८९ लाख प्रति कठ्ठा न्यूनतम मूल्याङ्कन किटिएको छ । यस्तै कच्ची सडकको दायाँ बायाँको जग्गाको न्यूनतम मूल्याङकन ६६ लाख कायम गरिएको छ ।

सोही वडाका ख वर्गको पीच सडकको ९७ लाख, शाखा पीच सडकको ९२ लाख, भित्री पीच सडकको ८९ लाख, ग्राभेल सडकको ७२ लाख र कच्ची सडकको ६० लाख न्यूनतम मूल्याङ्कन कायम गरिएको छ ।

ग वर्गको पीच सडकको ८० लाख प्रति कठ्ठा भने कच्ची सडकको ४९ लाख प्रति कठ्ठा कायम गरिएको छ । घ वर्गको मुख्य पीच सडकको दायाँ वायाँ पर्ने जग्गाको प्रति कठ्ठा ६९ लाख मूल्याङ्कन गरिएको छ । कच्ची सडकको ३७ लाख छ । ङ वर्गको मुख्य पीच छोएको जग्गाको न्यूनतम मूल्य ३७ लाख छ । कच्ची सडक भएको जग्गाको न्यूनतम मूल्य १९ लाख तय गरिएको छ ।

मालपोत नियमावली ०३६ को नियम ५ ख बमोजिम गठित समितिको असार २८ गतेको निर्णयबाट भूमिसुधार तथा मालपोतको कार्यक्षेत्रभित्र पर्ने जग्गाको न्यूनतम मूल्याङ्कन किटान गरिएको हो । विराटनगर–विराटचौक मूल एवं पीच सडकसँग जोडिएका जग्गाको ४५ लाखदेखि ५० लाख प्रति कठ्ठा कायम गरिएको छ । सिंघिया नदि जोडिएका क्षेत्रको हकमा १६ लाखदेखि ११ लाख प्रति कठ्ठा न्यूनतम मूल्याङ्कन छ ।

विराटनगर क्षेत्रभित्रको वडा नं. १५ को जग्गाको न्यूनतम मूल्य ८६ लाख रूपैयाँदेखि १५ लाख रूपैयाँ प्रति कठ्ठा छ । वडा नं. १७ का जग्गामध्ये जोगबनी जाने पुरानो सडक दायाँबायाँका जग्गा प्रति कठ्ठा ३४ लाख कायम गरिएको छ । जतुवा (१) क हाल विराटनगर वडा नं. ११ का जग्गा १८ लाख ५० हजारदेखि ४ लाखसम्म न्यूनतम मूल्याङ्कन छ । जतुवा ३ (च) ३ (घ) हाल विराटनगर १७, १८ र १९ का जग्गाहरू भन्दै २५ लाखदेखि ६ लाखसम्म प्रति कठ्ठा जग्गाको मूल्याङ्कन गरिएको हो ।
बखरी ७ (क) र (ख) वडा नं. ७ लगायतका जग्गाहरूको न्यूनतम मूल्याङ्कन ४१ लाख रूपैयाँ प्रति कठ्ठादेखि ५ लाख प्रति कठ्ठा कायम गरिएको छ । विराटनगर–५ को जग्गा ८४ लाख प्रति कठ्ठादेखि २ लाख ३० हजार सम्म प्रति कठ्ठा न्यूनतम मूल्याङ्कन कायम गरिएको छ । जग्गाको मूल्य कायम गरिँदा मुख्य सडक, सहायक सडक जोडिएको ठाउँको सडक किनाराको जग्गामध्ये जुन सडकको मूल्य बढी हुन्छ सोहि अनुसारको मूल्य कायम गरिने छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!