बीरेन्द्रकुमार साह

बिहिबार, साउन ०७, २०७८ || 442  पटक पढिएको

रिपोर्टरको कूनो
बिजुली अफिस छेउमा डेरा भएकाले घटनाको जानकारी तत्कालै थाहा पाउनासाथ पुगे । विराटनगर–५ का सुदर्शन न्यौपाने मृत थिए ।

मृत्युका धेरै शवसित साक्षात्कार हुन्छ समाचार संकलनका क्रममा । तर, न्यौपानेको शव देख्दा लाग्यो यो स्वाभाविक होइन । दाल मे कुछ काला छ नै । न्यौपानेलाई जसरी सरक्क मोटरसाइकलमा राखिएको थियो हेर्दा लाग्थ्यो अहँ यो स्वाभाविक हुँदै होइन ।

मेयर भीम पराजुली आए । अरु धेरै आए । मैले शवलाई नजिकैबाट हेरे । शरिरमा केही चोटपटक थिए । कसैले सरक्क बोकेर मृत्युपछि मोटरसाइकलमा राखिदिए जस्तो । हेर्ने जति सबैले यस्तै शंका गरे । थाहा छैन प्रहरीले यसलाई कसोरी लिने हो तर, यो स्वाभाविक मृत्यु होइन ।

यस्ता धेरै अस्वाभाविक मृत्यु भएका छन् र, फाइल बन्द भएको छ । प्रहरीले उजुरी, जानकारी आएर पनि किन यसप्रकारका घटनाको फाइल खोल्ने प्रयास गर्दैन ? फैसला भएर भुक्तान नगर्ने अभियुक्तलाई धमाधम पक्राउ गर्ने लहर चलेको छ तर, किन यस्ता बन्द फाइलभित्रका रहस्यमय घटना उदाङ्गो बनाउन मोरङ प्रहरी अघि सर्दैन ? न्यौपाने मात्र होइन मोरङका दर्जनौ यस्ता घटनाको फाइल अब खुल्नु पर्छ । बीसी र जिसी (डीआईजी अरुणकुमार बीसी र एसपी जनार्दन जिसी) मिलेर अभियान चलाउन सकिन्न ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!