रामकुमार परियार

बिहिबार, साउन ०७, २०७८ || 616  पटक पढिएको

युएई। सर्वोत्कृष्ट बारटेण्डर छ्नौट गर्ने एक अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिएका नेपाली प्रतिस्पर्धी दिपक गिरिले उत्कृष्ट १० प्रवेशका लागि भोट गरिदिन आग्रह गरेका छन् ।

विश्वविख्यात टकिला ब्राण्ड पेट्रनले वर्षेनी आयोजना गर्दै आएको अन्तराष्ट्रिय प्रतिस्पर्धा
“पेट्रन पर्फेक्टनस” को उत्कृष्ट ३० मा पर्न सफल गिरिले उपाधी जित्ने लक्ष्य सहित विश्वभरका नेपाली समुदायलाई भोट गरिदिन आग्रह गरेका हुन ।

काभ्रेपलान्चोकमा जन्मिएका २९ वर्षिय गिरि सन २०१५ देखि युएईमा बारटेण्डरको रुपमा कार्यरत छन् । २०१२ मा युएई आएका गिरिले शुरूवातमा दुबईको रोटाना होटलमा वेटरको काम गरेका थिए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिकम परिषद (सिटिईभिटी) बाट बारटेण्डरको आधारभुत तालिम हासिल गरेका गिरिले सन २०१५ देखि अबुधाबीको बुद्द बारमा बारटेण्डरको काम गर्न थालेका हुन । उनले सोही बेलादेखी बारटेण्डर संबन्धी थुप्रै अनलाईन कोर्ष र तालिमहरु समेत गरेका छन ।

सामाजिक संजाल मार्फत बारटेण्डरहरुको अन्तराष्ट्रिय प्रतियोगीता बारे थाहा पाएका गिरिले गएको अप्रिलमा उक्त प्रतियोगितामा सहभागी हुन आवेदन दिएका थिए । विश्वभरिका १७ देशबाट १३ सय जनाले प्रतियोगितामा सहभागी हुन आवेदन थिए । यी मध्येबाट प्रत्येक देशमा उत्कृष्ट ३० छनौट गरिएका छन । गिरि युएईबाट उत्कृष्ट ३० मा छनौट भएका हुन ।

लालुमाया (ब्लुसिङ लभ) कक्टेल बनाएर उत्कृष्ट ३० मा छनौट भएका गिरि अहिले उत्कृष्ट १० भित्र पर्ने दौडमा छन । आगामी शनिबार (२४ जुलाई) भित्र प्राप्त भोटिङ मार्फत छनौट भएका उत्कृष्ट १० बाट आगामी सेप्टेम्बरमा उत्कृष्ट १ छानिने छन । १७ देशबाट उत्कृष्ट छनौट भएकाहरु बिच आगामी वर्ष सन २०२२ को जनवरीमा मेक्सिकोमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!