हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 1209  पटक पढिएको

काठमाडौं । भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् । संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो ।

त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन । संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो ।

अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन् । दश महिना पहिला पारित भएको कृषि कानुनप्रति असन्तुष्टि जनाउँदै किसानले विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!