हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 548  पटक पढिएको

ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-५ बस्ने ३८ वर्षीय बिष्णु प्रसाद काफ्ले र सोही ठाउँ बस्ने २८ वर्षीय वीर बहादुर कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बेलौरी नगरपालिका-३ बस्ने ३८ वर्षीया महिलाको पसलमा गई गाली गलौज गरी हातपात समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि समेत हातपात तथा अभद्र व्यवहार गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!