हिपमत डटकम

मंगलबार, साउन ०५, २०७८ || 629  पटक पढिएको

काठमाडौं । नवोदित गायक गणेश थापाको स्वरमा नयाँ गीत आयो तिम्रो राजाको भिडियो सोमबार रिलिज भएको छ । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो ।
रोमान्टिक शैलीको यो आधुनिक गीत नृत्य प्रधान रहेको छ । गीतमा सुवर्ण कुमार श्रेष्ठको संगीत र संगीत संयोजन छ । गीतलाई सुदन लुईंटेलले लेखेका हुन् ।

यो गीतको भिडियो पनि नृत्य प्रधान र आकर्षक बनेको छ । गीतको भिडियोमा नायक नायिकाको रुपमा अभिनेता यसराज गराच र गायिका तथा मोडल सरिता भारती प्रस्तुत भएका छन् । यी दुईको सम्बन्धमा सहयोगी भएर अर्की मोडल मञ्जुला गिरी पनि कलाकारको रुपमा प्रस्तुत भएकी छन् । यसराज र सरिताको अभिनय प्रसँसनीय छ ।

यो गीतको भिडियोलाई नृत्य निर्देशन तथा निर्देशन सुवास बुढाथोकीले गरेका हुन् । उनी यो गीतबाट एक दशकपछि नृत्य निर्देशन तथा निर्देशनमा फर्किएका हुन् । गीतमा सुरेश कुमार राउतको सम्पादन, टंक केसीको छायाँकन, बिना रानामगर र शोभा श्रेष्ठको सृँगार रहेको छ । यो गीत र भिडियोको निर्माता सवनम थापा र नेहा थापा हुन् । चार दशक अघि काठमाडौंको आरआर क्याम्पस पढ्दा गायनमा लागे पनि विभिन्न कारणले गणेश थापाले गायनलाई अघि बढाउन सकेनन् । उमेरले ६० पुग्दै गर्दा यिनै कलाकार यतीबेला भने गायकको रुपमा उत्रिएका हुन् । आफुले चाँडै नयाँ गीतिसँग्रह ल्याउने पनि गायक थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!