रामकुमार परियार

बिहिबार, माघ ३०, २०८२ || 839  पटक पढिएको

मोरङ । स्थानीय व्यवसायीसँग घुस लिएको आरोप लागेपछि अमरदह प्रहरी चौकीका इन्चार्ज असई दिनराज दाहाललाई जिल्ला प्रहरी कार्यालय मोरङले इलाका प्रहरी कार्यालय पथरीमा सरुवा गरेको छ।

निर्वाचन आचारसंहिता लागू रहेको समयमा घुस लिएको उजुरी आएपछि केही दिनअघि उनलाई सरुवा गरिएको जिल्ला प्रहरी स्रोतले जनाएको छ। दाहालको स्थानमा पथरीबाटै असई विक्रम चौधरीलाई अमरदहमा खटाइएको छ ।

पथरी शनिश्चरे–६ का डिजे व्यवसायी अमल चन्द्रवंशीले एक साताअघि सुगा–पथरी सडक खण्डमा व्यक्तिगत प्रयोजनका लागि तीन थान त्रिपाल ल्याउँदै गर्दा प्रहरीले रोकेर १० हजार रुपैयाँ लिएको आरोप लगाएका छन्। चन्द्रवंशीका अनुसार सो क्रममा दाहालले रकम मागेपछि बाध्य भएर नगद दिएको बताएका छन्।

स्थानीय बजार क्षेत्रका केही होटल, किराना तथा साना व्यवसायीबाट समेत अनावश्यक दबाब र रकम असुली हुने गरेको आरोपसमेत बाहिर आएको छ। नाम नखुलाउने सर्तमा केही व्यवसायीहरूले चौकीबाट दुःख दिने र रकम माग्ने व्यवहार हुने गरेको बताएका छन्।

स्थानीयले सरुवा मात्र नभई घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही अगाडि बढाउन माग गरेका छन्। प्रहरीको व्यवहारका कारण सर्वसाधारणमा भय र असन्तोष बढेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!