खबर ठुलो छ

आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् ।

प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्वीरहरु सार्वजनिक गरिन् । उनै, प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

स्विमिङ पूलमा प्रियंकासँगै उनका नजिकका साथीहरु पनि रमाएको देख्न सकिन्छ । प्रियंकाको यो तस्वीरमा आलोचनात्मक प्रतिक्रिया धेरै आएका छन् । तर, केहीले भने गर्भवती भएको समयमा जीवनको आनन्द लिएको भन्दै प्रियंकाको प्रशंसा पनि गरेका छन् ।अनलाईन खबरबाट

मंगलबार, साउन ०५, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया