हिपमत डटकम

सोमबार, साउन ०४, २०७८ || 391  पटक पढिएको

बेलायतवासी नेपाली समुदायमा सबैभन्दा ठूलो इभेन्टको रुपमा स्थापित १९ औं गोर्खा कप यहि जुलाई २४ तारिखदेखि हुने भएको छ । कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कप यसपटक १९ औं संस्करण अल्डरसटस्थित क्वीन्स् एभिन्यू मैदानमा हुँदैछ । कार्यक्रमको तयारी पूरा भैसकेको आयोजक तमुधिं यूकेले जनाएको छ ।

आर्थिक दृष्टिकोणले पनि निकै खर्चिलो मानिने उक्त इभेन्टमा ३५ हजार पाउण्ड अर्थात ५७ लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ । यसपटकको गोर्खा कपमा मेनतर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० गरि कुल ४२ टिम सहभागी हुने भएका छन् । प्रतियोगितामा मेन क्याटगोरीको प्रथम विजेतालाई २५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, दोश्रो विजेतालाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा भेट्रान्सको पहिलो बिजेताले १२०० पाउन्ड र सेकेन्ड हुने टिमले ८०० पाउण्ड पुरस्कार पाउनेछन् । ‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने आयोजक तमुधिं यूकेले जनाएको छ ।

झन्डै १६ महिना देखि लकडाउनमा रहेको बेलायत अहिले कोरोना संक्रमणको तेस्रो लहरको मारमा छ । दैनिक ५० हजारभन्दा बढी संक्रमित भैरहंदा इंग्ल्याण्डमा भने जुलाई १९ बाट लकडाउन पूर्ण रुपमा हटाइएको छ । लामो समयपछि हुन लागेको उक्त इभेन्ट नेपाली समुदायको पहिलो इभेन्ट हुनेछ, जहाँ बाक्लो संख्यामा बेलायतका विभिन्न स्थानबाट नेपालीहरुको सहभागीता हुने गर्दछ । लकडाउन खुलेपनि संक्रमण दर नियन्त्रण नभएको अवस्थामा पनि सतर्कता अपनाउँदै स्थानीय रसमोर बरो काउन्सिल र सरोकारवाला सबै निकायको सल्लाह एवं कोभिड रिक्स एसेसमेन्टपछि इभेन्ट गर्न लागिएको आयोजकले बताएको छ ।

बेलायती सरकारद्वारा लकडाउनसम्बन्धि प्रतिबन्ध हटाएकाले कार्यक्रम भव्य हुने तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले बताए । कार्यक्रम तमुधिं यूकेको मात्र नभई सम्पूर्ण नेपालीकै साझा भएकोले सबैलाई उपस्थित हुन उनले आग्रह गरेका छन् । फुटबलका साथै सामूहिक कल्चरल डान्स, लाइभ गायन, प्यारासुट डिस्प्ले, खाना-हस्तकलाका स्टल, पञ्चेबाजा आदि प्रमुख आकर्षण हुने संयोजक क्याप्टेन देव घलेले जनाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!