खबर ठुलो छ

संखुवासभा। जिल्ला अस्पताल संखुवासभालाई आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अस्पताल प्रशासन र सामान आपूर्र्ति गर्ने कम्पनी बिचमिलेमतो भएको पाइएको छ ।

झण्डै तीन करोडको लागतमाभेन्टिलेटर र आइसियु वार्डका सामग्रीआपुर्तिकाला गि भएको टेण्डर स्वीकृतिमा अस्पताल प्रशासन र सामानआपूर्तिकर्ता कम्पनीबीचको मिलेमतो भएको पाइएको छ । यो टेण्डर प्रक्रियामाखरिद ऐनको प्रावधान उल्लंघन भएको भन्दैआवश्यक छानवीन र कार्वाहीकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न सरोकारवालानिकायमाउजुरी परेपछि त्यहाँभएकोअनियमितताको रहस्यखुलेको हो ।

भेन्टिलेटर र आइसियु वार्डका सामग्रीखरिद गर्न भन्दै जिल्ला अस्पताल संखुवासभाले २०७८ जेठ १६ गते काठमाडांैबाट प्रकाशनहुने मध्यान्ह दैनिकपत्रिकामाबोलपत्रआह्वान सम्बन्धी सूचनाप्रकाशन गरेको थियो । सोे सूचनाअनुसार मेनका इन्टरप्राइजेज प्रा.लि., ¥यापिड टेडर्स, प्रोफेसनलमार्केटिङ प्रा.लि. युनाइटेड मेडिकल डिभाइस प्रा.लि. र द मेडिकल सोलुशनप्रा.लि. गरी पाँच बटा कम्पनीले बोलपत्र पेश गरेकाथिए ।

उक्त सूचनामा भ्याट बाहेक २ करोड ६० लाख ५३ हजार १ सय १० रुपैंयाको सीमामा रहीआपूर्ति मूल्य घटाघटबाट भेन्टिलेटर र आइसियु वार्डका सामग्रीआपूर्ति गर्न योग्यतापुगेकाकम्पनीहरुलाई बोलपत्र पेश गर्न आह्वानगरिएको थियो ।

उक्तबोलपत्रदाताकम्पनीहरुमध्ये ¥यापिड टेडर्सले सूचनाबमोजिमको सामानआपूर्ति गर्न सबै भन्दा बढी रकम २ करोड ८८ लाख ५१ हजार १ सय ९३ रुपैया ९ पैसाको बोलपत्र पेश गरेको थियो भने मेनका इन्टरप्राइजेज प्रा.लि.ले सबै भन्दाकम २ करोड ५३ लाख७० हजार ७ सय ६० रुपैंयाको बोलपत्र पेश गरेको थियो ।

सार्वजनिकखरिद ऐन अनुसार सबै भन्दाकममूल्यकबोल गर्ने आपूर्तिकर्ता मेनका इन्टरप्राइजेज प्रा.लि.ले स्वीकृतिपाउनु पर्ने थियो । तर जिल्ला अस्पताल संखुवासभाले २०७८ असार २८ गते मध्यान्ह दैनिकमा नै प्रकाशितबोलपत्र स्वीकृत गर्ने आशयको अर्को सूचनाप्रकाशनगर्दै सामानआपूर्ति गर्न सबै भन्दा बढी रकमको बोलीलगाउने ¥यापिड ट्रेडर्सलाई योग्य ठह¥याई स्वीकृतिकालागिसिफारिस गरिएको छ । अस्पताल प्रशासनले भेन्टिलेटर र आइसियुका सामग्रीहरुको स्पेसिफिकेसन निर्माण र टेण्डर स्वीकृतिकालागिबायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीलाइजिम्मेबारी दिएको थियो । इन्जिनियर चौधरी काठमाडौंको शिक्षण अस्पतालका जागिरे हुन् । उनले पनि यो टेण्डर प्रक्रियामा एक पटक पनि संखुवासभानआइ नै काठमाडौंमा नै बसेर सम्पूर्ण कागजपत्र र स्पेसिफिकेसन तयार गर्नेदेखि टेण्डर स्वीकृतकालागिसिफरिस गरेको देखिन्छ । यस विषयमाइन्जिनियर चौधरीले आफूले काठमाडौंमा नै बसेर सबै काम गरेको स्वीकार गर्दै आफूले तयार गरेको स्पेसिफिकेसन अनुसार गुणस्तरीय स्वास्थ्यसामग्रीको वोलपत्रलाइ स्वीकृत गर्न सिफरिस गरेको दाबी गरे ।

अस्पताल प्रशासनको योनियत सार्वजनिक भएपछि अन्यकम्पनीहरुलेबोलपत्र स्वीकृत गर्ने आशयपत्रको पुनरावलोकनगरि पाउँभनी सम्बन्धितनिकायहरुमाउजुरी दिएका छन् ।

यस विषयमाअस्पताल प्रशासनसँग सम्पर्क राख्दाअन्यकम्पनीभन्दा ¥यापिड ट्रेडर्स सामानआपूर्ति गर्न योग्यभएको भन्दै पन्छिएको छ । अस्पतालका क्रियाकलाप सम्बन्धी सूचनाहरु सामान्यतः अस्पतालको सूचनापाटीमा समेत टाँस भएको हुनुपर्नेमाबोलपत्रआह्वान र बोलपत्र स्वीकृत गर्ने आशयको सूचनादुवै अस्पतालको सूचनापाटीमा देखिदैन ।

 

 

सोमबार, साउन ०४, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया