हिपमत डटकम

सोमबार, साउन ०४, २०७८ || 1640  पटक पढिएको

सोमबार सेयर बजारको परिसूचक नेप्से करिब १४ अंकले बढेको छ। १३.९७ अंकले बढेर परिसूचक २९९४ अंकमा कायम भएको छ।

यस दिन कुल ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको हो । हिजो ११ अर्ब ६३ करोडको कारोबार भएको थियो।

यस दिन बैंकिङ १०, ब्यापार १९६, निर्जीवन बीमा १०१, उत्पादन ४१, अन्य १६ र जीवन बीमा समूह ५३ अंकले बढेका छन्।होटल तथा पर्यटन १६, विकास बैंक १८, माइक्रोफाइनान्स ४, जलविद्युत १ र फाइनान्स समूह २९ अंकले घटे।

सिनर्जी पावर डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने नेपाल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेको छ। नागरिक लगानी कोष, हिमालय उर्जा विकास कम्पनी, अरुण काबेली, हिमालय पावर पार्टनरका लगानीकर्ता पनि कमाउनेमा अगाडि रहे।

गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशतले घटेको छ। मन्जुश्री फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ। कारोबारका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ३५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भयो। त्यस्तै नबिल बैंकको ३३ करोडको कारोबार भयो भने नेपाल बंगलादेश बैंकको ३१ करोडको सेयर किनबेच भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!