साहित्यिक चौतारी नेपालको छैठौं वार्षिकोत्सवको भव्यताका साथ सम्पन्न भएको छ । काठमाण्डौंस्थित सर्वनाम नाटक घरमा शनिवार भव्य समारोहकाबीच चौतारीले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान बाल तथा लोक साहित्य विभागका संयोजक तथा साहित्यिक चौतारी नेपालका प्रमुख सल्लाहकार डा. देवी नेपाल, वरिष्ठ गजलकार घनश्याम परिश्रमी, मुक्तककार तथा समिक्षक सन्तोष अम्गाईँ, कवि तथा समिक्षक दिप शाह, वरिष्ठ कवि तथा निबन्धकार कलानिधि दाहाल, झापाकी अरुणा श्रेष्ठ ‘अनु’ लगायतका अतिथिहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शिव त्रिपाठी, अविनाश सापकोटा, रञ्जना निरौला, समाश्री, प्रकाश सुवेदी, केशव सागर भट्ट, प्रभा आचार्य भट्टराई, रन्जित गुरुङ्ग, विष्णु उपरकोटी, समिर पाख्रीन, केपी दंगाल, बशु श्रेष्ठ, जनक राउत अनुराग, सन्देश श्रेष्ठ लगायतका साहित्यिक सर्जकहरुले आफ्ना सिर्जना वाचन गरेका थिए ।कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले परदेशीले विदेशी भूमिमा पसिना बगाएर परिवार र राष्ट्रको लागि योगदान पु¥याईरहेको बताए ।मन्त्री ज्ञवालीले नेपालको स्वाधीनताको इतिहास बोकेको नेपालीले आफ्नो पहिचानलाई विश्वमाझ परिचित गराउन साहित्यले भूमिका खेल्नु पर्ने बताए । उनले नेपाली इतिहासको महत्वपूर्ण र सकारात्मक कुरालाई ग्रहण गरेर समाज अघि बढ्ने बताए ।उनले साहित्यले समाज विकाससंगै पहिचान समेट्ने गरि साहित्यको पुनः परिभाषित गर्न आवश्यक रहेको बताए ।साहित्यमा समाज चित्रित गर्ने भन्दै मन्त्री ज्ञवालीले बाच्ने आधार, भविष्यप्रतिको आशावादीता जगाउनुपर्ने बताए । उनले साहित्यले सपना देखाउन सक्नुपर्ने बताए । उनले स्रष्टाले देश बन्छ भन्ने आशावादी गराउनुपर्ने बताए ।

कार्यक्रमको अवसरमा साहित्यिक चौतारी नेपाल प्रदेश १ कि सहसचिव एवं शारिरीक रुपमा अशक्त झापाकी श्रष्टा अरुण श्रेष्ठ ‘अनु’ले लेखेका मुक्तकसंग्रह निश्कर्षलाई साहित्यिक चौतारी नेपालले प्रकाशित गरेर विमोचन गराएको थियो । त्यस्तै ईजरायल शाखामा आवद्ध श्रष्टाका मुक्तकसंग्रह मुक्तार्पणको पनि लोकार्पण गरिएको थियो ।सोही कार्यक्रममा साउदी अरब शाखाको आयोजनामा भएको अनलाईन गजल प्रतियोगितामा उत्कृट भएकालाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा साउदी अरब शाखाको आयोजनामा भएको अनलाईन गजल प्रतियोगितामा उत्कृट भएकालाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा अनुराग बम प्रथम, विष्णु उपरकोटी प्रलय दृतीय र प्रेम खड्का तृतीय भएका थिए ।

साथै प्रतियोगिताका निर्णायकहरु करुण थापा, कृष्ण विश्वकर्मा र आनन्द श्रेष्ठलाई सम्मान गरिएको थियो ।उनीहरुलाई क्रमशः रु. १०, ७ र ५ हजार नगद प्रदान गरिएको थियो ।त्यस्तै संस्थालाई लामो समयदेखि योगदान पुर्याएवापत सावित्रा लुईटेल घिमिरे, भिम खतिवडा र गोमा कार्कीलाई मानार्थ सदस्यको सम्मान दिईएको थियो ।त्यस्तै गीता भण्डारी, के पी। दंगाल गोकुल, अर्जुनबहादुर कंडेल, महेश्वर अधिकारी र ताराप्रसाद विष्ट (दंगाली तारा समपर्ण)लाई आजीवन सदस्य सम्मान गरिएको थियो ।संस्थाका अध्यक्ष सन्दीप संग्रौला दिलदुःखीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन संस्थाकी महासचिव गीता भण्डारीले र स्वागत उपाध्यक्ष नविन अनुपम रावतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!