हिपमत डटकम

आइतबार, साउन ०३, २०७८ || 633  पटक पढिएको

काठमाडौं । ‘चम्सुरी’ भनेर चिनिने हाँस्य कलाकार पल्पसा डंगोल बिरामी भएर अस्पताल भर्ना हुनुभएको छ । दुबै किड्नी फेल भएपछि उहाँको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

उहाँले विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहनुभएको थियो । तर, उहाँले यसको जानकारी भने कसैलाई पनि नदिएको पाइएो छ । एक महिना अगाडि निकै गाह्रो भएपछि उहाँ उपचारका लागि टिचिङमा भर्ना हुनुभएको थियो ।

किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उहाँ आत्तिएको वुझिएको छ । यसपछि, भने उहाँ अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।

उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिनुनभयो ।

उहाँको किड्नी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । कलाकारहरुले उहाँको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् ।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!