यतिबेला बलिउडमा अभिनेता कार्तिक आर्यन र सारा अली खानको प्रेम सम्बन्धले चर्चा पाइरहेको छ । विशेषतः सारा र आर्यन आफ्नो नयाँ फिल्म ‘लव आज कल’ को प्रमोशनमा व्यस्त रहेका छन् । प्रमोशनको क्रममा सारा र आर्यनले गरेका विभिन्न क्रियाकलाप मिडियाको लागि चर्चाको विषय बनिरहेको छ ।

यसैबीच, सामाजिक सञ्जालमा यी दुईको विभिन्न भिडियोहरु भाइरल भइरहेको छ । एउटा भिडियोमा कार्तिकले सारालाई काखमा बोकेर हिडिँरहेको देख्न सकिन्छ । स्रोतका अनुसार प्रमोशनका क्रममा सारा बिरामी भएकीले कार्तिकले उनलाई बोकेका हुन् ।

कार्तिक र साराको उक्त भिडियो इन्स्टाग्राममा सेयर गरिएको छ । कार्तिकले बोकेपछि सारा हाँसिरहेकी छिन् । उनीहरुको नयाँ फिल्म ‘लव आज कल’ यही फेब्रअरी १४ मा रिलीज हुँदैछ । फिल्मको निर्देशन इम्तियाज अलीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!