अफ्रिकी मुलुक मालीमा सडक बनाउन गएका तीन चिनियाँ नागरिकसहित पाँच जना पक्राउ परेका छन्।

मालीको सेनाले दिएको जानकारीअनुसार शनिबार दक्षिण पश्चिम मालीमा सडक बनाइरहेका दुई मौरिटेनियाका नागरिकसहित उनीहरूलाई अपहरण गरिएको हो।

अपहरणकारीले चिनियाँ निर्माण कम्पनी कोभेक र मौरिटानियन कम्पनी एटिटिएमका क्रेन, डम्प ट्रकलगायतका सामग्रीमा पनि क्षति पुर्‍याइदिएका छन्।

अपहरणमा परेकाहरू सबै उक्त क्षेत्रमा सडक निर्माणको काममा लागेका थिए।

‘अब उनीहरूको रिहाइ नै हाम्रो प्रमुख प्राथमिकता हो,’ एक जना सैनिक अधिकारीले भनेका छन्।

मौरिटेनियाको अल-अखबर न्युज एजेन्सीका अनुसार बन्दुकधारीहरू मोटरसाइकलमा आएका थिए र निर्माणस्थलमा आक्रमण गरेका थिए। उनीहरूले इन्धन ट्यांक र निर्माण सामग्री जलाएर कामदारलाई अपहरण गरेर लगेका थिए।

मालीमा सन् २०१२ यता इस्लामिस्ट विद्रोहीहरूले प्रभाव बढाएका छन्। उनीहरू छिमेकी बुर्किना फासो र निजरमा पनि पुगेका छन्।

हिंसात्मक घटनामा अहिलेसम्म हजारौं मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन्।

विद्रोहीहरूले बेलाबेलामा विदेशी र मालीका नागरिकको अपहरण गरिरहन्छन्।

चार दिनअघि पाकिस्तानमा बसमा बम बिस्फोट हुँदा ९ जना चिनियाँसहित १२ जनाको मृत्यु भएको थियो।

बुधबार खाइबर पख्तुनख्वा प्रान्तको दसु हाइड्रो पावर प्लान्टनजिकै भएको बिस्फोटमा परी ९ जना चिनियाँ इन्जिनियरसहित १२ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!