सुनसरीको देवानगंज गाउँपालिका वडा नं ६ र ७ हकपडाका स्थानीयहरु सडकमै धान रोपी स्थानीय सरकारको विरोध गरेका छन् । सो वडाका झोलुङ्गेपुल–वेलहा जोडने सडक खण्ड धान रोप्ने खेत जस्तै हिलाम्मे भएकोले स्थानीयहरु धान रोपी बिरोध गरेका हुन् ।

प्रत्येक वर्ष वर्षायाममा सो सडक खण्ड हिलाम्मे हुने गरेको स्थानीयहरु बताउँछन् । स्थानीय जनप्रतिनिधि सहितका सरोकारबलाहरुको बेवास्ताले गर्दा स्थानीयहरु सास्ती भोग्न बाध्य भएको स्थानीयहरुको गुनासो रहेको छ ।

चुनाबको बेला ठुलठुला भाषण गर्ने नेताहरु अहिले बेखबर भएका छन् । समस्या हेर्दा पनि समाधानको उपाय नखोज्नु र जनता प्रति चासो नराख्नु ठुलो चिन्ताको विषय रहेको स्थानीय भागबत मुखियाले बताए । आपतकालमा वा कसैलाई सुतकेरी व्यथालागेमा एम्बुलेन्स आउन सम्मको बाटो सुचारु नहुँदा अकालमै ज्यान गुमाउन बाध्य हुने अवस्था रहेको प्रति मुखियाले चिन्ता ब्याक्त गरे ।

यता सो सडक खण्ड वडा नं. ६ र ७ बीच कुन वडाको हो भन्ने विषय पनि विवादित रहेको छ । वडा नं. ७ का अध्यक्ष बद्रिप्रसाद यादवले सो सडक खण्ड वडा नंं. ६ मा रहेको बताए । यसै विषयमा वडा नं. ६ का अध्यक्ष देवनारायण मेहता सम्पर्क गर्न खोज्दा उनी सम्पर्क हुन सकेन ।

 

मुलुकमा तीन तहको सरकार रहेको छ । सबभन्दा बढी लगानी सडकमा नै भएको छ । यस गउँपालिकामा पनि थुप्रै सडक बनेका छन् । तर, गाउँको मुख्य सडक नै बन्द भएको छ । तत्काल झोलुङ्गेपुल–वेलहा जोडने सडक खण्ड संचालन गर्न स्थानीय जनप्रतिनिधि र सरोकारबलाहरुलाई पहल गर्नुपर्ने स्थानीय राम चरित्र मुखियाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!