हिपमत डटकम

शुक्रबार, साउन ०१, २०७८ || 746  पटक पढिएको

अफगानिस्तानमा पाकिस्तानसँग जोडिएको सीमामा भारतका एक वरिष्ठ फोटो पत्रकार दानिश सिद्दीकीको अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको संघर्षमा मृत्यु भएको छ ।

दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ ।

एक अफगान कमान्डरले रोयटर्ससँगको कुराकानीमा अफगानिस्तानको विशेष सुरक्षाबलले स्पिन बोल्डक शहरको मुख्य बजारलाई पुनः आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेका बेला तालिबानसँग मुठभेट भएको जसमा दानिश र अफगान अधिकारी मारिएको बताए ।

रोयटर्सका अनुसार दानिश यहि हप्तादेखि अफगानिस्तानको विशेष बलसहित कंधार प्रान्तमा तैनाथ थिए जहाँबाट उनी अफगान कमान्डो र तालिबान लडाकूबीच संघर्षको जानकारी पठाइरहेका थिए ।

रोयटर्सका प्रमुख माइकल फ्रिडेनबर्ग र मुख्य सम्पादक अलेस्सान्द्रा गैलोनीले एक बयानमा आफूहरुले यसबारे जानकारी जुटाइरहेको र क्षेत्रमा अधिकारीको सम्पर्कमा भएको बताए ।

यसअघि भारतमा अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले दानिश सिद्दीकी मारिएको खबर पुष्टि गरेका थिए ।

उनले एउटा ट्वीटमा लेखेका छन्, ‘हिजो राती कंधारमा मेरो साथी दानिश सिद्दीकी मारिएको दुःखद खबरले आहत छु । पुलित्जर पुरस्कार विजेता भारतीय पत्रकार अफगान सुरक्षाबलसँग थिए । मैले उनलाई दुई हप्ता अघि मात्रै भेटेको थिए, उनी काबुल गइरहेका थिए । उनका परिवार र रोयटर्सका लागि मेरो समवेदना ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!