बीरेन्द्रकुमार साह

शुक्रबार, साउन ०१, २०७८ || 752  पटक पढिएको

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया समितिले २०८ औं भानु जयन्तीका अवसरमा एसियाभित्र अवस्थित च्याप्टरहरूका प्रतिनिधि पदाधिकारीहरूलाई सहभागी गराई असार ३० गते भर्चुअल माध्यमद्वारा विशेष काव्य गोष्ठीको आयोजना गर्यो ।

अनेसास एसिया समितिका संयोजक एवं अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल, अनेसास केन्द्रीय सल्लाहकार एवं निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा तथा उपाध्यक्ष राजेश बुढाथोकी (अस्ट्रेलिया)को उपस्थिति रहेको थियो ।

यसैगरी वरिष्ठ साहित्यकार मुक्ति बराल (भारत) र गङ्गा पौडेल (नेपाल)को उपस्तिथिमा सम्पन्न सो कार्यक्रममा भानुसम्बन्धी विशेष चर्चा परिचर्चा भएको थियो ।

अनेसास एसियाअन्तर्गत नेपाल, भारतका मिजोरम, सिलगढी, सिक्किम,जापान,कोरिया,हङकङ,कुवेत,साउदीअरब,ईजराल,कतारलगायतका च्याप्टरहरूको सो कार्यक्रममा प्रतिनिधित्व भएको थियो ।

कार्यक्रममा नेपालबाट मन्जिला अनिल र द्वारिका कुईँकेल,भारत सिलीगुढीबाट लतिका जोशी र नीता तामाङ, भारत मिजोरमबाट डा. गुनु घर्ती किङ, जापानबाट के. बी. पारखी र बिन्दा पराजुली, कतारबाट सीताराम थापा, इजरायलबाट लक्ष्मी भट्टराई अनुरागी र राज लिम्बु आदि स्रष्टाहरूको सहभागिता रहेको थियो ।

सो ‘साहित्य सौरभ’ कार्यक्रम एसिया समितिका सह सचिव (इजरायल च्याप्टरका अध्यक्ष) लक्ष्मी भट्टराई अनुरागीले सञ्चालन गर्नुभएको थियो । यस विशेष काव्य गोष्ठीमा नेपाल (पोखरा)बाट स्रष्टा द्वय साबित्री गिरी र निकेश गिरीले पनि आफ्नो काव्य वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!